
काठमाडौं, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गर्दै असन्तुष्ट पक्ष (माधव–झलनाथ समूह)का तीन जना नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटन बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल पक्षीय नेताहरू सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे बालुवाटार पुगेर अहिले फर्किसकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेर उनीहरुले बैठक रोकेर सहमतिको प्रयास गर्न आग्रह गरेका थिए ।
आफ्नो समूहले एकताका लागि पहल गर्ने निर्णय गरेकाले केन्द्रीय कमिटी बैठक स्थगित गर्न नेपाल समूहका नेताहरूले ओलीलाई आग्रह गरेका भए पनि ओलीले नेपाल समूहका नेताहरूसँगको छलफललगत्तै केन्द्रीय कमिटीको बैठक शुरू गरेको बताइएको छ ।















प्रतिक्रिया