७ कार्तिक २०८३, शनिबार

भारतमा थप ८५३ जनाको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या चार लाख नाघ्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ४ लाख नाघेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८५३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ लाख नाघेको हो । बिहीबार साँझसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३१२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ४६ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म ३ करोड ४ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अहिलेसम्म २ करोड ९५ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । अहिले भारतमा सक्रिय संक्रमितको संख्या झण्डै ५ लाख ९ हजार छ ।