७ कार्तिक २०८३, शनिबार

संसद् विघटनसम्बन्धी मुद्दामा सरकारी पक्षको बहस आज सकिँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विपक्षी राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट गरिने बहस आज सकिने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिलपछि बुधबारदेखि निजी वकिलले बहस गरिरहेका छन् । उनीहरूले आज डेढ घण्टा बहस गरेपछि तोकिएको समय सकिने छ । त्यसपछि सभामुखका तर्फबाट बहस हुरू हुने बताइएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट बहस गर्न अझै १३ जना अधिवक्ता सूचीमा छन् । उनीहरूमध्ये तीन जनालाई १० मिनेट र १० जनालाई ७ मिनेटका दरले समय तय गरिएको छ ।

वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईका लागि १० मिनेटका दरले बहस गर्न समय तोकिएको छ । त्यसपछि अधिवक्ताहरु भोजराज आचार्य, बाबुराम दाहाल, सीपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोख्रेल, शान्तिदेवी खनाल, विष्णुमाया भुसाल, धर्मराज रेग्मी, अनन्त लुइँटेल र लोकनाथ खरेलले क्रमशः ७ मिनेटका दरले बहस गर्ने छन् ।