
धनुषा, १७ असार । अविरल वर्षाका कारण धनुषाको गणेशमान नगरपालिका–८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले आज बिहीबार बिहान सकुशल उद्वार गरेको छ ।
उद्वार गरिएकाहरुमा सोही ठाउँको लभटोली बस्ने ४६ वर्षीय गणपती यादव, ४० वर्षीया सितादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारी छन् ।रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको वहाब बढ्न गई उक्त नदीको बीच भागमा रहेको टापुमा फसेका थिए ।
उक्त टापुमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो ।















प्रतिक्रिया