७ कार्तिक २०८३, शनिबार

बीपी कोईराला प्रतिष्ठानमा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १७ असार । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्जान गरिएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले एक विज्ञप्ति जारी गरी उनीहरूलाई वार्तामा आउन आह्वान गरेका हुन् । आन्दोलनरत् पक्षले संस्थाको सुदृढीकरणका लागि उठाएका मागहरू जायज भएको भन्दै वार्तामा आउन विज्ञप्तिमार्फत आह्वान गरेको जनाएको छ ।

तर, प्रतिष्ठानका सम्पूर्ण पेशागत हकहितका संगठनहरु फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन–मेडिकल) कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थी सहभागी संयुक्त संघर्ष समितिले बुधबार नै विज्ञप्ति जारी गर्दै अब प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनै वार्ता नहुने बताएका छन् । पदाधिकारीहरु अक्षम एवं गैरजिम्मेवार भएको उनीहरुको आरोप छ ।

संघर्ष समिति प्रधानमन्त्रीको पहलमा वार्ता टोली गठन भए मात्रै वार्तामा बस्ने अडानमा छ ।