७ कार्तिक २०८३, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने भएकी छिन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजबाट शुरू हुन लागेको अधिवेशनको दौरान राष्ट्रपतिले सम्बोधन गर्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा जानकारी दिएका हुन् । तर सम्बोधनको मिति भने टुङ्गो लागेको छैन ।

सम्भवतः राष्ट्रपति भण्डारीले आगामी आइतबार वा सोमबारको बैठकलाई सम्बोधन गर्ने छिन् । राष्ट्रपतिको सम्बोधनका लागि सरकारले राष्ट्रपतिलाई सिफारिस गर्नुपर्छ । राष्ट्रपति कार्यालयको पत्र प्राप्त भएपछि सम्बोधनको मिति राष्ट्रियसभा बैठकबाट तोकिने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेकी छैनन् । उनले यसअघि संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकी थिइन् ।