
काठमाडौं, १७ असार । आज बिहीबार सुन र चाँदी दुबैको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया