८ कार्तिक २०८३, आइतबार

ग्रेटवाल मोटर्सका नयाँ गाडी नेपाली बजारमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । विश्वविख्यात अटोमोबाइल ब्राण्ड ग्रेटवाल मोटर्स आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ ।

यस बहुप्रतिक्षित ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरूका साथ अन्ततः नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गर्ने बाटो खोलेको छ ।

नेपालमा आफ्नो उपस्थितिले तीन गाडीहरूबाट सुरु गरिरहेको छ । जसमा एसयुभी वर्गमा थर्ड जेन हाभल एच ६ र हाभल जोलियन छ । पिकअप वर्गमा पोयर रहेको छ ।

दुवै मोडलहरूको लुक, इन्टेरियर स्पेस, ओभरअल प्रफरमेन्स, सेफ्टीलाई ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको छ ।