३ कार्तिक २०८३, मंगलबार

एनएमबि बैंकको व्यक्तिगत कर्जा २४सैं घण्टा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । एनएमबि बैंकले एनएमबि सापटी २.०, एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरू गरेको छ ।

जस अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने जनाएको छ ।

यो नेपालमै पहिलो पटक २४सै घण्टा र ७ दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता हो । यस सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोग बाट आवेदन दिएको ५ मिनेट भित्र नै प्राप्त गर्न सकिन्छ ।

एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरूको परिपूर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा हो ।