१६ कार्तिक २०८३, सोमबार

बिहीबार राष्ट्रियसभाको बैठक बस्दै, यी छन् कार्यसूची

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । बिहीबार दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।

बैठकबारे संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनेछन् । त्यस्तै उनले मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेछन् ।

अनि सरकारद्वारा जारी संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७, सपथ सम्बन्धी अध्यादेश, २०७८ प्रधानमन्त्री ओलीले सभामा प्रस्तुत गर्नेलगायत कार्य तालिका रहेका छन् ।

त्यस्तै गृहमन्त्री बिष्णु पौडेलले नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८, पेश गर्नेछन् ।

यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेश हुनेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८, कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ र औषधि तेस्रो संशोधन अध्यादेश, २०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।