८ कार्तिक २०८३, आइतबार

कामना सेवा विकास बैंकका एकै दिन २ वटा शाखा उद्घाटन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भूमा र भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. ७ स्थित जगातीमा यही असार १५ गते आफ्नो १२६ औँ र १२७ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाहरुको समुद्घाटन गरेका थियोे ।

उक्त समुद्घाटन समारोहमा बैंकका संचालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरु उपस्थित भएका थिए भने अन्य सञ्चालकहरुको भर्चुवल उपस्थिति रहेको थियो ।

यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको छ ।

यससँगै अब बैंकले १२७ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटीएममार्फत ग्राहक महानुभावहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ ।