
काठमाडौँ, १५ असार । संसद विघटनविरुद्धको रिटमा मंगलबार सरकारी पक्षबाट ४ जना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् ।
आज नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा. टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका छन् ।
यससँगै आजको सुनुवाई सकिएको हो ।
संवैधानिक इजलासले सरकार पक्षलाई दिएको १५ घण्टा समयमध्ये अब ७ घण्टा ५५ मिनेट बाँकी छ ।












प्रतिक्रिया