१६ कार्तिक २०८३, सोमबार

असार १५ तथा राष्ट्रिय धान दिवसमा महासंघले दियो शुभकामना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असार । असार १५ तथा राष्ट्रिय धान दिवसको उपलक्ष्यमा अखिल नेपाल किसान महासंघ सम्पूर्ण नेपाली किसान वर्गमा शुभकामना दिएको छ ।

यस अवसरमा महासंघले किसानलाई आवश्यक विउ, मल तथा अन्य सामग्रीको सहज उपलब्धता सुनिश्चीत गर्न राज्य र सम्वन्धीत निकायसँग जोडदार माग गरेको छ ।

साथै देशभर बाढी, पहिरो तथा कोभिडको महामारीबाट प्रताडीत किसानका लागि विशेष राहत तथा क्षतीपूर्ति उपलब्ध गराउन समेत जोडदार माग गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले असार १५ अर्थात् राष्ट्रिय धान दिवश नेपाली किसानहरुको महत्वपूर्ण पर्व रहेको जनाएको छ । नेपालका प्रमुख किसान संघसंगठनहरुले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउदै आएका थिए ।

त्यस्तै, १७ वर्ष अघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवशको रुपमा घोषणा गरी विभिन्न कार्यक्रमका साथ मनाउन थालेपछि त यस दिनको महत्वले थप चर्चा पाएको छ र लामो समयदेखिको किसानको चाहना पुरा भएको विज्ञप्तिमा बताइएको छ ।