
काठमाडौँ, १५ असार । मुनस्को मिसन कंगोमा तैनाथ नेपाली शान्ति सैनिकद्वारा जीर्ण पुल मर्मत गरी हस्तान्तरण गरेको छ ।
कंगोमा तैनाथ श्री नं. २४ फिल्ड गुल्म (ईञ्जिनियर्स) ले विगत लामो समयदेखि जिर्ण अवस्थामा रही स्थानियबासीहरुको आवत जावत तथा फौजको हर्कत समेतमा बाधा परिरहेको सरी नदी माथि रहेको बुदना पुलको मर्मत कार्य सफलतापूर्वक सम्पन्न गरेको छ ।
मर्मत पश्चात असार १२ गते उक्त पुल मनस्को मिसनका डिपुटी स्पेशियल रिप्रेजेन्टेटिभ अफ द सेक्रेटरी जनरल खास्सिम डाइग्नेले समुदघाटन गरि स्थानिय सरकारलाई हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा उनले नेपाली ईन्जिनियर कम्पनी तथा शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्याएको योगदानको मुक्त कण्ठले प्रशंसा समेत गरेका थिए ।














प्रतिक्रिया