१६ कार्तिक २०८३, सोमबार

थप ३ हजार ८५३ जनाले जिते कोरोना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना कोरोनामुक्त भएका छन् ।

योसहित निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ जना पुगेको छ ।

गत २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ६४८ र एन्टिजेन विधिबाट ४ हजार ९९२ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४४४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९५० जना रहेको छ ।

२४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५१ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।