१५ कार्तिक २०८३, आइतबार

विपक्षी सत्तामा पुगे कहिल्यै चुनाव हुँदैनः प्रधानमन्त्री ओली

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी सरकारमा पुगे उनीहरुले कहिल्यै चुनाव नगर्ने बताएका छन् ।

सोमबार बालुवाटारमा मदन भण्डारी फाउण्डेसनले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘संविधान च्यात्ने दिशामा उहाँहरु जानु हुन्छ ,उल्टो हल्ला गर्नुहुन्छ । स्याल हुया मच्चाउनुहुन्छ केपी ओलीले संविधान च्यात्यो भनेर’, प्रधानमन्त्री ओलीले भने, ‘जनताका बीचमा जाऊ भन्दा संविधान च्यातिन्छ ? चुनावै हुन नदिने परिस्थिति । कथम् उहाँका हातमा भोली पुगेपनि चुनाव हुनेवाला छैन । कस्ता तत्वहरु छन् ?’

उनले एमालेका माधवकुमार नेपाल जतिको अराजक र इमान नभएको मान्छे नभएको समेत बताए । ‘दुनियाँका कुनैपनि राजनीतिक इतिहासमा माधव नेपाल जति अराजक र इमान नभएको मान्छे कोही छैन । मदनको विरोध गर्ने, विचारको विरोध गर्ने तर आज त यसो हेर्छु मदन भण्डारीका नाममा वक्तव्य आइरहेको छ’, उनले भने ।