
काठमाडौँ, १४ असार । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि थप्ने निर्णय गरिएको छ ।
सोमबार बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । यद्यपि निषेधाज्ञा अझै केही खुकुलो हुनेछ ।
काठमाडौँ उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक बस जोर बिजोर प्रणालीमार्फत सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।
त्यस्तै, भौतिक दुरी तथा स्वास्थ्य मापदण्ड भने अनिवार्य अपनाउनुपर्ने हुन्छ ।
जसमा चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने लगायत मापदण्ड अपनाउँदै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न स्वीकृति दिइएको छ ।
उता सरकारी, सार्वजनिक संस्थान, कुटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल, बिउ विजन, पशु चिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु निर्वाद रुपले संचालन गर्न दिइने निर्णय भएको छ ।
तरकारी, फलफूल, खाधान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चला र पशुपंछीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने सामग्री, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, वीउ लगायतका सामग्री बोक्ने सवारीले न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्न सक्नेछन् ।
हेर्नुस् अन्य के-के गर्न खुले?












प्रतिक्रिया