१५ कार्तिक २०८३, आइतबार

थप ३ हजार ७ जनाले जिते कोरोना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । पछिल्लो २४ घण्टामा ३ हजार ७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ जना पुगेको छ ।

गत २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ७०४ र एन्टिजेन विधिबाट ४ हजार ८०६ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार १६ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ३२ हजार ३२६ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ जना रहेको छ ।

२४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९७५ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।