
जाजरकोट, १३ असार । नलगाड नगरपालिका–१० बस्ने २३ वर्षीया रमिता धियारको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।
घर नजिकैको बिजुलीको लत्रिएको तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नगर अस्पताल आठबिसकोट राडी रुकुम पश्चिममा उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई बचाउने क्रममा उनीसँगै करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने २५ वर्षीया प्रमिला धियार र ६५ वर्षीया बेलु धियारको सोही अस्पतालमा उपचार भईरहेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया