१५ कार्तिक २०८३, आइतबार

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । सिरहा, बाँके, बर्दिया, धनुषा र सुनसरीका छुट्टाछुट्टै स्थानहरूमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

सिरहा, गोलबजार नगरपालिका–९ शिवमस्थित सडकमा ना.१ ज ८३६३ नम्बरको म्याजिक गाडी आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार धनुषा, सवैला नगरपालिका खरीयानी टोल बस्ने ५५ वर्षीय सिंगेश्वर साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मंगलम अस्पताल मिर्चैया हुँदै फुलकुमारी महतो मेमोरीयल अस्पताल कर्जन्हामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, बैजनाथ गाउँपालिका–१ चिसापानी हात्तिसारस्थित सडकमा भे.१० प ६९२८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जानकी गाउँपालिका–४ गौरिनगर घर भएका भिमसेन थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बाँके, बैजनाथ गाउँपालिका चिसापानी गाभरचोकस्थित सडकमा ना.८ ख ६९०३ नम्बरको ट्रकले रा.४ प ७१२१ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका–८ बस्ने ४६ वर्षीय नारायण चालिसेको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाईते भएको उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ चोकस्थित सडकमा लु.१ ख ९७५६ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय खड्कु थारुको शनिबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, सबैला नगरपालिका–१० गेरुवाहीस्थित सडकमा स.१ ख ९०९ नम्बरको टिपरको पछाडी चक्कामा च्यापिएर सोही टिपरका चालक उदयपुर, कटारी नगरपालिका–२ बस्ने २८ वर्ष बुद्ध बहादुर तामाङको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरी, रामधुनी नगरपालिका–१ शिवचोकस्थित सडकमा प्रदेश नम्बर ३–०२–००९ प ८४१४ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ हसन्दह बस्ने ३५ वर्षीय पूर्ण कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल ईटहरी हुँदै धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।