१५ कार्तिक २०८३, आइतबार

जीवन बदल्न सोच बल्नुपर्छ: नगर प्रमुख पाण्डे

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, १२ असार । दाङको तुलसीपुरमा पलाष्टिक विस्थापनका लागि झोला उत्पादन तथा गार्मेन्ट तालिम सुरु भएको छ ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सहयोग एवं तुलसीपुर उपमहानगरपालिका, ग्रिन फाउण्डेशन नेपालको साझेदारीमा तुलसीपुर बहुप्राविधिक शिक्षालयको अयोजनामा एक महिना तालिम सुरु भएको छ ।

दैनिक जिवनमा हानिकारक मानिने पलाष्टिकलाई विस्थापित गर्नका लागि गार्मेन्ट उद्योग संचालनका लागि तालिमको सुरुवात गरेको आयोजकले बताएको छ ।

तालिमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जीवन बदल्न सोच बदल्नु पर्नेमा जोड दिएका छन् । आत्मनिर्भरका लागि म केहि गर्छु भन्ने सोचका साथ अघि बढ्न आग्रह गर्दै नगर प्रमुख पाण्डेले जाँगरका साथ सिप सिक्न आग्रह गरे ।

आफूले सुति खान भन्दा पनि गरी खान गराउने बताउँदै नगर प्रमुख पाण्डेले सिप सिकेपछि स्वरोजगार बनाउनका लागि तुलसीपुर उपमहानगरपालिका हरेक तहले सहयोग गर्ने बताए ।

उद्यमी बन्नका लागि यहाँहरुको उत्साह, जाँगर, लगनशिलताको आवश्यक पर्ने बताउँदे सिपेको सिपलाई व्यवहारमा लागुगर्नुपर्नेमा जोड दिए ।

सिप सिकेर आयआर्जनमा लाग्ने उद्देश्यले नै आयोजना गरिएको तालिममा १५ जना महिलाको सहभागिता रहेको छ । नगरपालिकाले सुनौलो अवसरमा दिएको भन्दै यो अवसरमा सदुपयोग गर्नेमा सहभागीले जोड दिएका थिए ।

बहुप्राविधिक शिक्षालका प्रमुख वसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिशिर खनाल, ग्रिन फाण्डेसन दाङका सचिव सुरेश रावत, कोषाध्यक्ष खुम प्रसाद भण्डारी, प्रशिक्षक तेज बहादुर केसी, लगाएतले तालिमलाई सार्थकमा परिनत गर्न आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण ग्रिन फाण्डेसनका तेज वलीले गरेका थिए ।