१५ कार्तिक २०८३, आइतबार

माथिल्लो तामाकोशीलाई राष्ट्रिय प्रशारण लाइनमा जोडिँदै, असार १३ देखि १९ सम्म विद्युत कटौती हुनसक्ने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । नेपाल विद्युत प्राधिकरणले असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने बताएको छ ।

प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकोले खिम्ती लामो साँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जनाएको हो ।

सो प्रसारणलाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट बिद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि बिद्युत कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।

यद्यपि निर्धारित समय अगावै कार्य सकिए पुनः विद्युत आउने पनि प्राधिकरणले जनाएको छ ।