
काठमाडौँ, १२ असार । खाँडादेवि जेसिज (प्र)को आयोजनामा लर्निङ थ्रि डे तिन दिने कार्यक्रम भर्चुवज माध्यमबाट सम्पन्न भएको छ ।
कार्यक्रममा फरक दिन फरक विषयमा रहेर फरक प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पहिलो दिन ‘’नेतृत्व विकासमा सिर्जनाको भुमिका ‘’विषयमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा डा. देवि नेपालले प्रशिक्षण दिएका थिए भने कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसिआई सेनेटर अरुनेश्वर खनाल रहेका थिए ।
त्यसैगरी दोस्रो दिनमा ‘समावेशी समाज निर्माणमा युवाहरुको भुमिका’ विषयमा नेपाल संगित तथन नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धिरेन्द्र प्रेमर्षि झाले प्रशिक्षण दिएका थिए भने प्रमुख अतिथि खाँडदेवि गाँउपालिकाको प्रमुख प्रेम तमाङ रहेका थिए ।
त्यस्तै तेस्रो दिनमा ‘सुचना र संचारमा क्षेत्रमा युवाहरुको भुमिका’ विषयमा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले प्रशिक्षण दिएका थिए भने प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश ढुङ्गेल रहेका थिए ।
हरेको ठाउँमा युवारुको ठुलो योगदान हुने भएकोले युवालाई अगाडि बढाउन तालिम तथा प्रशिक्षणको आवश्यकता हुन्छ भन्ने हेतुले उत्त कार्यक्रमहरु राख्दै आएको कुरा खाँडादेवि जेसिज प्रका अध्यक्ष जेसि होमराज श्रेष्ठ बताउँछन् ।
युवाहरुलाई अघवढाउन थालिएको हरेक कदममा खाँडादेवि जेसिज प्र लाई सहकार्य गर्ने वाग्मति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढुङ्गेल बातए । हरेक क्षेत्रमा युवाको भुमिका बढाउन विभिन्न तालिम जस्ता कार्यक्रमहरुले सहयोग पुग्ने उनले बताए ।
खाँडादेवि गाउँपालिका को प्रमुख प्रेम तमाङले युवालाई सिर्जनशील रचनात्मक बनाउन कुनै कसर नरहेको बताउँछन् । उनी भन्छन् खाँडादेवि जेसिज प्र ले धेरै कार्यक्रम तथा तलिम गर्दै आएको छ तर अझै प्रस्तावित शाहा भन्दा अचम्म लाग्छ । हरेक राम्रो कार्यमा खाँडादेवि गाउँपालिकाले सहयोग गर्ने कुरा प्रष्ट्याए ।
राष्ट्रिय अध्यक्ष जेसिआई सेनेटर अरुनेश्वर खनालले प्रस्तावित शाखा हुँदा धेरै कार्यक्रम गरेकोमा प्रसशां गर्दै खुशि रहेको कुरा जानकारी दिए । खाँडादेवि जेसिज प्र को काम प्रति सन्तुष्टि व्यक्त गरदै सफलता शुकामना खनाले दिए ।
उत्त कार्यक्रममा एरिया ग आसान राष्ट्रिय कार्यकारी उपाध्यक्ष जेसि शिव प्रसाद भुसाल, एरिया ग का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि विमला सुवेदि कार्की, राष्ट्रिय कानुनी सल्लाहकार जेसि गोकुल साप्कोटा, राष्ट्रिय महासचिव जेसिआई सेनेटर विकास मानन्धर, राष्ट्रिय उपाध्यक्ष जेसि गौतम शाह, राष्ट्रिय उपाध्यक्ष जेसी राजन गौतम लगाए नेपाल भरिका जेसिज शाखाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया