१५ कार्तिक २०८३, आइतबार

छिमेकीहरुसँग सन्तुलित सम्बन्ध राख्न चाहान्छौः प्रधानमन्त्री ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताएका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा शुक्रबार प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय हितहरुलाई महत्वमा राखिन्छ तर राष्ट्रिय हित मात्रै होइन राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दा त्यहाँ न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई छोडियो भने राष्ट्रिय हित या त अन्ध राष्ट्रवाद हुन्छ या संकिर्ण राष्ट्रिय स्वार्थ केन्द्रीत हुन्छ ।’

उनले राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय भाइचारालाई पनि कायम राख्ने बताए ।

‘राष्ट्रिय हित मात्रै हेर्ने कुरा साना राष्ट्रका लागि झनै उपयोगी हुन सक्दैन । त्यहाँ जस्टिस, त्यहाँ इन्टरनेशनल अब्लिगेसन जोडिनुपर्छ र मात्रै साना राष्ट्रका लागि उपयोगी अन्तत्वगत्वा सवै ठुला साना राष्ट्रका लागि विश्वशान्तिको स्थापना गर्ने, विश्वमा शान्ति कायम राख्ने र विश्वमा साझा समृद्धिका लागि साझा प्रयासहरु केन्द्रीत गर्ने कुरामा’ प्रधानमन्त्रीले भने ।