
काठमाडौँ, ११ असार । गोकर्णेश्वर नगरपालिका–९ गोकर्णस्थित सडकमा बा.४ ख ८२२९ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–६ सिमालटार डेरा गरी बस्ने सखंवासभा भोटखोला गाउँपालिका–२ घर भएका २६ वर्षीय खुर्बु छिरिङ भोटेको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया