१५ कार्तिक २०८३, आइतबार

वीरगन्ज महानगरपालिकाको ३ अर्ब ५५ करोडको बजेट सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १० असार । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।

बिहीबार महानगरपालिकाको ९ औँ नगर सभाबाट ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो ।

आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि चालूतर्फ १ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ, पुँजीगत १ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ६ करोड ७० लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।