१५ कार्तिक २०८३, आइतबार

थप २ हजार ५१८ जनाले जिते कोरोना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ७० हजार ९५८ जना पुगेको छ ।

गत २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार २३५ र एन्टिजेन विधिबाट ४ हजार ९९७ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४७४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख २९ हजार ४३१ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ जना रहेको छ ।

२४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९१८ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।