मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

तुलसीपुर उपमहानगरपालिकाद्वारा ३ अर्ब ३९ करो १५ लाखको बजेट प्रस्तुत (पूर्णपाठ)

दैनिक नेपाल २०७८ असार १० गते १७:०८

काठमाडौँ, १० असार । तुलसीपुर उपमहानगरपालिकाले आगामाी आर्थिक वर्ष २०७८ ०७९ का लागि बजेट प्रस्तुत गरेको छ ।

बिहीबार नगरसभामा उपप्रमुख मायमा शर्माले ३ अरब ३९ करोड ९६ लाख १५ हजार रुपैयाँको बजेट विनियोजन गरकी हुन् ।

जसमा आन्तरिक श्रोतबाट ६० करोड, संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाडबाट रु २ अरब १७ करोड ९६ लाख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाडबाट रु ९ करोड, ७८ लाख १९ हजार र अन्य संघ संस्थाहरुबाट प्राप्त रकम रु २ करोड २५ लाख समेत जम्मा आय २ अरब १७ करोड ९६ लाख १५ हजार आय हुन गई रु १ अरब २ करोड न्यून आय हुन गएकोे रकम मध्ये नगर विकास कोषको ऋण सहयोगबाट ४० करोड, आन्तरिक ऋण तथा बहुबर्षिय दायित्वबाट ६० करोड र आन्तरिक बचतबाट २ करोड पूर्ति गर्ने व्यवस्था गरिएको छ ।

पूर्णपाठ:

सम्मानित नगर सभाका अध्यक्षज्यू, सभासद्ज्यू,

(१) विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण हामी अत्यन्त संकटको घडीमा उभिएका छौ । विश्व नै कोभिडको संक्रमणले आक्रान्त भएको वर्तमान परिवेशमा नेपाल पनि यसबाट अछुतो बन्ने अवस्था रहेन । कोभिड १९ संक्रमणको पहिलो लहर समाप्त भए पश्चात यो संक्रमणबाट पार पाउने आसा र विश्वास लिइएकोमा लगत्तै यसको दोश्रो लहरले जनजीबनलाई झनै आक्रान्त बनायो । यस विषम परिस्थितिमा पनि जनताको सेवा र सुरक्षाका लागि अग्रपक्तिमा रहेर काम गर्नुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, समाजसेवी, जनप्रतिनिधि लगायत सम्पूर्णमा उच्च सम्मान प्रकट गर्न चाहन्छु । कोरोना संक्रमित हुनु भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामनाका साथै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । कोभिड विरुद्धको लडाईमा हामी सबै एक ठाँउमा उभिदै यसका बाबजुद पनि विकास र सम्बृद्धिको अभियानमा अगाडी वढ्नु नै अहिलेको मुल आवश्यकता हो ।

(२) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापनासँगै स्थानीय तहको समेत क्षमता अभिबृद्धि भईरहेको अवस्थामा स्थानीय तहका सार्वभौम जनताले अनुमोदन गरि पठाएका जनप्रतिनिधिका हैसियतले सम्मानित नगर सभा समक्ष आर्थिक वर्ष २०७८÷७९ को वजेट प्रस्तुत गर्न पाउँदा निकै गर्वको महसुस गरेको छुँ ।

(३) यस महत्वपूर्ण अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ज्यानको आहुति दिने ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न आन्दोलनका घाइते, अपाङ्ग तथा बेपत्ता नागरिकहरु प्रति सम्मान प्रकट गर्न चाहन्छु । लोकतन्त्र, गणतन्त्र र संघीयता प्राप्तीको अभियानमा नेतृत्व गर्ने सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुले पुर्याउनुभएको योगदानप्रति आभार व्यक्त गर्दछु ।

(४) हामीले नेतृत्व गरेको ४ बर्षको अवधिमा ‘समृद्ध तुलसीपुर ः सबैका लागि, सँधैका लागि’ भन्ने मुल नाराका साथ तुलसीपुर उपमहानगरपालिकाको २५ बर्षे दीर्घकालिन रणनीतिक तथा आवधिक योजना निर्माण गरि यसको कार्यान्वयनको चरणमा रहेको छ । विगतमा हामीले गरेका प्रतिवद्धताहरु पुरा गर्न हामी सदैव लागि परेका छौं । जसको फलस्वरुप हामीले परिकल्पना गरेको सम्बृद तुलसीपुर निर्माण हुने दिशामा अगाडी बढेको छ ।

(५) सवै प्रकारका आर्थिक, सामाजिक, साँस्कृतिक, जातिय, भाषिक, लैंगिक, बर्गिय, क्षेत्रिय असमानताको अन्य गर्दै भेदभावमुक्त र समुन्नत तुलसीपुर निर्माणको महाअभियानका साथ अगाडि वढ्न हामीले काम गरेका छौ । विकासमा क्षेत्रिय तथा भौगोलिक सन्तुलन कायम गर्न समन्यायीक रुपमा बजेटको विनियोजन गर्ने व्यवस्था गरिएको छ । संवैधानिक मर्म, हामीले अंगिकार गरेका नीतिहरु, समाबेशिता, संयुक्त राष्ट्रसंघले लिएको दिगो विकासको लक्ष्यहरु तथा कोभिड १९ ले धरासायी बनाएको हाम्रो आर्थिक सामाजिक पुनर्उथ्थान आदी हाम्रो वजेट निर्माणका आधार हुन् ।

(६) विपद् एक त्यस्तो अवस्था हो जुन आकस्मिक तथा अनपेक्षित रुपमा श्रृजना भई मानविय नियन्त्रण भन्दा बहिर रहन्छ । कोभिड १९ संक्रमणले पनि विश्वमा नै विपद्को अवस्था श्रृजना गरेको छ । यसको दोश्रो लहरबाट हामीले पूर्व तयारीको लागि आवश्यक संस्थागत व्यवस्था गर्नु पर्ने पाठ समेत सिकाएको छ । हामीले पनि स्थानीय सरकारको दायित्व बोध गरेर कोरोना संक्रमणको घडीमा जनताका दुख र पिडासँगै जोडिने प्रयत्न गर्यौं । यो अवधिमा हामीले क्वारेन्टाइन, तुलसीपुर आइसोलेसन अस्पताल निर्माणदेखि अलपत्र अवस्थामा रहेका जनताको उद्दार लगायतका विभिन्न कामहरु गर्यौ । जसका कारण जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको जीउज्यानको सुरक्षा गर्न सफल भएका छौं ।

(७) जनताले आँफूले निर्बाचित गरेको सबै भन्दा नजिकको सरकारबाट सेवा लिन पाउने संघियताको मर्म बमोजिम हामीले सम्भव भए सम्म जनताको घरदैलोमा गएर सार्वजनिक सेवा सुविधा प्रदान गर्नु हाम्रो आगामी गन्तव्य हो । नागरिकको सेवा प्रतिको सन्तुष्टि र जीवन प्रतिको खुसीमा नै हामीले गरेका कामहरुको प्रतिफल प्रतिविम्बित भईरहेको हुन्छ । हामीले सामान्य जनताले पनि संघीयताको वेग्लै महसुस गर्न सकुन्, भन्ने सोचका साथमा आर्थिक वर्ष २०७८/७९ को वजेट तर्जुमा गरेका छौ । यस वजेटमा कोभिडको संक्रमणबाट जनतालाई जोगाउँनुका साथै प्रकोपबाट जोगिनका लागि घरगाउँ फर्किएकाहरुलाई रोजगारी प्रदान गर्ने, कोभिड १९ को संक्रमणले पारेका आर्थिक सामाजिक क्षतिको पुनर्उथ्थान गर्ने खालका विभिन्न कार्यक्रमहरुलाई समावेश गरेका छौ ।

(८) कोभिडको संक्रमणलाई मध्यनजर गर्दै यस वर्ष हामीले स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारण तथा शिक्षालाई प्राथमिकता दिएर वजेट विनियोजन गरेका छौं ।

अब म ‘समृद्ध तुलसीपुर ः सबैका लागि, सँधैका लागि’ भन्ने मुल अभियानका साथ आर्थिक बर्ष २०७८÷७९ कोे लागि विनियोजित बजेटको विवरण यो सम्मानित नगरसभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

(९) आर्थिक वर्ष ०७७/०७८ मा विभिन्न योजना, चालु र पुँजिगत शीर्षकमा रु २ अरब ३४ करोड ३७ लाख, ६४ हजार वजेट विनियोजन भएकोमा कोभिड १९ को दोश्रो लहरका कारण भूमी सम्बन्धि समस्या समाधान कार्यक्रम अन्तर्गत अपेक्षाकृत रुपमा राजश्व संकलन भएता पनि अन्य आन्तरिक राजश्व संकलनमा समस्या उत्पन्न हुनु, प्रस्ताव गरिएको ५ करोड आन्तरिक ऋण नीतिगत समस्याका कारण जुट्न नसक्नुका साथै संघ र प्रदेशवाट यस पालिकाको लागि विनियोजन गरिएको वजेट पनि सबै प्राप्त हुन नसक्दा २०७८ असार ८ गतेसम्म १ अरब ४० करोड, ३० लाख, ५३ हजार आम्दानी भएको छ । जसमा २०७८ असार ८ गतेसम्म १ अरब ३९ करोड ७ लाख, ४२ हजार खर्च भई बाँकी वजेट आ.ब.को अन्तसम्म खर्चहुन सक्ने व्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु ।

(१०) अब म यहाँहरु समक्ष आर्थिक वर्ष २०७८÷०७९ को अनुमानित आय र खर्च विवरण प्रस्तुत गर्न चाहन्छु । यस आर्थिक बर्षमा व्यय अनुमान तर्फ ३ अरब ३९ करोड ९६ लाख १५ हजार अनुमान गरिएकोमा आन्तरिक श्रोतबाट ६० करोड, संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाडबाट रु २ अरब १७ करोड ९६ लाख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाडबाट रु ९ करोड, ७८ लाख १९ हजार र अन्य संघ संस्थाहरुबाट प्राप्त रकम रु २ करोड २५ लाख समेत जम्मा आय २ अरब १७ करोड ९६ लाख १५ हजार आय हुन गई रु १ अरब २ करोड न्यून आय हुन गएकोे रकम मध्ये नगर विकास कोषको ऋण सहयोगबाट ४० करोड, आन्तरिक ऋण तथा बहुबर्षिय दायित्वबाट ६० करोड र आन्तरिक बचतबाट २ करोड पूर्ति गर्ने व्यवस्था गरिएको छ ।

(११) यसैगरि आर्थिक वर्ष २०७८÷०७९ मा पुँजिगततर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि १ अरब ६२ करोड १६ लाख १६ हजारको अनुमानित वजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको ४७.७० प्रतिशत हुन आउँछ । यसैगरी सामाजिक सुरक्षा तर्फ ४० करोड बजेट विनियोजन गरिएको छ । जुन कुल विनियोजित बजेटको ११.८० प्रतिशत हुन आउछ । त्यसैगरी चालुतर्फ प्रशासनीक खर्च र अन्य सञ्चालन खर्च लगाएत कार्यक्रम खर्च तर्फ रु १ अरब ३५ करोड ६९ लाख ९२ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको ३९.८८ प्रतिशत हुन आउँछ । यसै गरि वित्तिय खर्च तर्फ २ करोड १० लाख विनियोजन गरिएको छ । जुन कुल बजेट खर्च अनुमानको ०.६२ प्रतिशत हुन आउछ । उल्लेखित बजेट आ.ब. २०७७÷७८ को विनियोजित बजेटको तुलनामा २५ प्रतिशत र २०७८ जेष्ठ मसान्त सम्मको खर्चको तुलनामा ६० प्रतिशतले बढी रहेको छ ।

यस वर्षको अनुमानित आयको विवरण अनुसुची १ मा संलग्न गरिएको छ । त्यसैगरि गत आर्थिक वर्षको वास्तविक खर्च र यस वर्षको अनुमानित व्यय विवरण अनुसुची २ मा संलग्न गरिएको छ ।

सम्मानीत नगर सभाका अध्यक्ष एवम् सदस्यज्युहरु,

अब म यहाँहरु समक्ष यस तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको तर्फबाट आर्थिक वर्ष २०७८÷०७९ का लागि नगरसभाको दोस्रो वैठकले पारित गरेको नीति तथा कार्यक्रम, दीगो विकासको लक्ष्य, नेपाल सरकारको विकास लक्ष्य प्राप्तीमा सहयोग पु¥याउन र नेपालको संविधानले अङ्गिकार गरेका मौलिक हक, नागरिकका कर्तव्य र नीति तथा कार्यक्रमहरुका साथै तुलसीपुर उपमहानगरपापिलकाको २५ बर्षे दिर्घकालिन रणनीतिक योजना तथा आबधिक योजनामा समावेश गरिएको समृद्ध तुलसीपुर: सबैका लागि, सँधैका लागि’ बनाउनका लागि विनियोजन वजेट प्रस्तुत गर्न चाहन्छु । साथै कार्यक्रम र विनियोजित वजेटको विस्तृत विवरण स्थानीय रातो कितावमा समावेश गरिने व्यहोरा अवगत गराउँछु ।

सामाजिक विकासः
स्वास्थ्य तथा पोषणः

(१२) अति विपन्न परिवारलाई तुलसीपुर उपमहानगरपालिका भित्रको हस्पिटल तथा स्वास्थ्य संस्थाबाट निशुल्क उपचार गर्न र जनश्वास्थ्य प्रवद्र्धनका लागी आवश्यक बजेट ब्यवस्था गरेको गरिएको छ ।
(१३) तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरी सञ्चालनमा ल्याएको १५ शैयाको तुलसीपुर मेट्रो अस्पताललाई ५० शैयामा स्तरोन्नती गरि गुणस्तरीय, सर्वसुलभ र स्मार्ट उपचारात्मक तथा निदानात्मक सेवा लगायत विशिष्ट सेवाहरु संचालन गर्न र जेष्ठ नागरिक स्वास्थ्य पुनर्लाभ केन्द्र निर्माण गर्न कोभिडको तेश्रो भेरियन्लाई मध्यनजर गरी बालबालिकाको उपचार सेवा विस्तारका लागी ५ करोड वजेट विनियोजन गरिएको छ ।
(१४) कोभिड १९ महामारीको सम्भावित तेश्रो लहरबाट नागरिकहरुलाई सुरक्षित राख्नका लागि पूर्व तयारी तथा प्रतिकार्यका लागि रु २ करोड बजेट विनियोजन गरिएको छ ।
(१५) तुलसीपुर उपमहानगरपालिकालाई मोतियाविन्दुमुक्त पालिकाको रुपमा विकास गर्न राप्ति आँखा अस्पतालसँगको सहकार्यमा निशूल्क मोतियाविन्दु शल्यकृयाका लागी रु १५ लाख रकम विनियोजन गरिएको छ ।
(१६) घर घरमा योग गरौं स्वास्थ जीबन सहित सुखी बनउ भन्ने मुल अभियान सहित तुलसीपुर उपमहानगरपालिकालाई योगा सिटीको रुपमा विकास गरी सार्वजनिक घोषणा गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(१७) किशोर किशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारीरुपमा संचालन गर्न किशोर किशोरी सूचना तथा मनोसंकट सहयोग केन्द्र स्थापना गरिने छ । सोको लागी १० लाख रकम विनियोजन गरिएको छ ।
(१८) दूरचिकित्सा (टेलिमेडिसिन) प्रणाली, बिद्युतिय स्वास्थ्य प्रविधी (एम्–हेल्थ, ई–हेल्थ) र अन्य आधुनिक प्रविधीलाई अवलम्बन गरि स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ वनाउन आवश्यक बजेटको प्रवन्ध गरिएको छ ।
(१९) सवै स्वास्थ्य संस्थाहरुमा आधारभुत ल्याव सेवा संचालन, आफ्नै औषधि भण्डारण भवन तथा खोप कोल्डचेन, निर्माण गर्न १ करोड बजेट बिनियोजन गरिएको छ ।
(२०) सबै वडामा आधारभूत वार्ड हस्पिटल निर्माण गर्न आवश्यक पर्ने रकम ब्यवस्था गरिएको छ ।
(२१) थारु समुदायमा रहेको सिकलसेल एनिमिया, हेमोफिलिया लगायतका रोगहरुका उपचार सेवालाई प्रभावकारी वनाउनका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
(२२) कोभिड १९ रोगको संक्रमण जनस्तरमा नफैलियोस् भन्नका लागि जनताको जीवन जोगाउँनका निम्ति स्वास्थ्य प्रवद्र्धन गर्न आवश्यक वजेट विनियोजन गरिएको छ ।
(२३) वडा स्तरमा सञ्चालित नगर स्वास्थ्य केन्द्र तथा बर्थिङ सेन्टरमा जनशक्ति व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
(२४) प्रसुती पोषण प्रोत्साहनका कारण नगरमा मातृ मृत्युदर शुन्य रहेकोमा यो कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रकमको व्यवस्था गरिएको छ ।
(२५) स्वास्थ्य संस्थाहरुको सस्थागत संचालन अनुदानका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
(२६) स्वास्थ्य संस्थाहरुवाट अत्यावश्यक गुणस्तरिय औषधि निशुल्क रुपमा वितरण गर्न र स्वास्थ्य औजार तथा उपकरण खरिदका लागी आवश्यक वजेटको व्यवस्था गरिएको छ ।
(२७) स्वास्थ्य विमामा सबै नगरबासीलाई आवद्ध गराउन प्रचार प्रसार र अन्य कार्य गर्नका लागि आवश्यक वजेटको व्यवस्था गरिएको छ ।
(२८) विपन्न परिवार र लक्षित समुदायको निशुल्क उपचारको लागि सबै अस्पतालहरुमा विपन्न समुदाय उपचार कोष स्थापना गरि उपचारको व्यवस्था मिलाउन आवश्यक वजेटको व्यवस्था गरिएको छ ।
(२९) संघ र प्रदेश सरकारको सहकार्यमा एक विद्यालय एक स्वास्थ्यकर्मिको परिचालनका लागी आवश्यक वजेटको व्यवस्था गरिएको छ ।

शिक्षाः

(३०) विद्यार्थीहरुको पहुँच सुनिश्चित गर्नका लागि यसै आर्थिक वर्षदेखि आधारभुत तह अन्तर्गत कक्षा १ देखि ८ सम्म पूर्ण रुपमा निशुल्क वनाउन ७५ लाख रकम विनियोजन गरिएको छ ।
(३०) कोभिड १९ को प्रकोपलाई मध्यनजर गर्दै वैकल्पिक विधिबाट विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिनका लागि रु १० लाख विनियोजन गरिएको छ ।
(३१) प्रविधिको पहुँचबाट टाढारहेका विद्यार्थीहरुको लागि कार्यपुस्तक लगायतको व्यवस्था गरी शिक्षक र स्थानीय स्वंयसेवकहरुको परिचालनबाट “टोल टोलमा सिकाई” कार्यक्रमका लागि रु ५ लाख विनियोजन गरिएको छ ।
(३३) वालवालिकालिलाई मनोवैज्ञानिक ढँगले अध्ययन अध्यापन गराउनका लागि मन्टेश्वरीको मापदण्ड अनुसारका १० वटा बालबिकास केन्द्रको स्तरवृद्धिका लागि रु १० लाख विनियोजन गरिएको छ ।
(३४) शिशु कक्षा सहयोगीहरुको क्षमता, दक्षता र कार्यको आधारमा शिशु कक्षा सहयोगी कार्यकर्ता ,विद्यालय सहायक कर्मचारी र कार्यलय सहयोगी लाई थप सेवा सुविधाका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
(३५) दरबन्दी अभाव भएका विद्यालयमा टिचफर नेपालसँगको सहकार्यमा स्वंयम्सेवक शिक्षक परिचालन गर्ने कार्यक्रमका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
(३६) विद्यालयहरुलाई आवश्यक विज्ञान, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, कक्षाकोठा लगायत अन्य भौतिक संरचनामा थप जोड दिदै त्यस्ता संरचनाहरुलाई बालमैत्री तथा अपाङ्गमैत्री बनाउनका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ । साथै शिक्षक, कर्मचारी र विद्यार्थीलाई सहुलियत व्याजदरमा ल्यापटप उपलब्ध गराउन आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(३७) विद्यालयको गुणस्तर अभिवृद्धि गर्नका लागि जनशक्ति व्यवस्थापन अनुदान कार्यक्रमलाई निरन्तरता दिदै आवश्यक रकम विनियोजन गरिएको छ ।
(३८) तुलसीपुर मेट्रो कलेज, तुलसीपुर बहुप्राविधिक शिक्षालय भवन तथा अन्य पूर्वाधारका लागि संघ तथा प्रदेश सरकारको विशेष अनुदानमा रु १५ करोड रकम विनियोजनको प्रस्ताव गरिएको छ, भने उपहानगरपालिकाको तर्फबाट शैक्षिक कार्यक्रम सञ्चालन तथा तत्काल पूर्बाधार विकासका लागि रु २ करोड रकम विनियोजन गरिएको छ ।
(३९) राप्ती बबई क्याम्पस, मर्जर भएका तथा गाँभिएका ठूला विद्यालयको शैक्षिक प्रवद्र्धन र भवन निर्माणका लागि आवश्यक पर्ने वजेट लाइ निरन्तरता गरिएको छ ।
(४०) बहुबर्षिय दायित्व अन्तर्गत निर्माणाधिन अवस्थामा रहेका माध्यमिक विद्यालय दोघरे भवन निर्माणका लागी १ करोड २२ लाख, दिपेन्द्र मा.वि मानपुर भवन निर्माणका लागी १७ लाख ८५ हजार, मा.वि सेन्टर स्कुल भवन निर्माणका लागी ४२ लाख ९१ हजार, रानागाँउ आधारभूत विद्यालय भवन निर्माणका लागी ४७ लाख बजेट विनियोजन गरिएको छ ।
(४१) जनता संस्कृत मावि विजौरीको भवन निर्माण कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नका लागि संघीय सरकारको विशेष अनुदानमा भवन निर्माणका लागि संघ र प्रदेश सरकारको विशेष अनुदानबाट सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
(४२) तुलसीपुर मेट्रो कलेज, राप्ति बबई क्याम्पसमा विभिन्न विश्वविद्यालयसँग सहकार्य गरेर कृषि, वन विज्ञान, चिकित्सा, इन्जिनियरिंग, फुड टेक्नोलोजी, मेडिकल साइन्स जस्ता प्राविधिक शिक्षा सञ्चालनका लागि संघ, प्रदेश सरकारसँग सहकार्य गरेर आवश्यक वजेट व्यवस्था गरिएको छ ।
(४३) प्राबिधिक शिक्षा र उच्च शिक्षामा सामुदायिक बिद्यालयबाट सामुदायिक तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने छात्रा र दलित, आदिवासी, जनजाति, शहिद परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइते र द्धन्द पिडित परिवारकालाई निशुल्क अध्ययन अध्यापन गर्न मेयर उच्च शिक्षा छात्रबृत्ती कार्यक्रम प्रदान गर्न ५० लाख बजेट बिनियोजित गरिएको छ ।
४४) स्थानीय भाषा र परिवेशमा आधारित पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
(४५) मापदण्ड अनुसारको प्रधानअध्यापक नियुक्त गरी स्वयम्सेवक शिक्षक सट्टा भर्नाका लागि आवश्यक वजेटपर्ने रकम रु ५०लाख विनियोजन गरिएको छ ।
(४६) बिद्यालयमा बिद्यार्थीको पहँुच तथा टिकाउ दर बढाउन कार्यक्रमहरु ल्याइने छन् ।सामुदायिक विद्यालयबाट एस इ ई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई प्रोत्साहन गर्ने उपमेयर शैक्षिक प्रोत्साहन कार्यक्रम लाइ निरन्तता दिइनेछ ।
(४७) बिद्यालयहरुको भौतिक पूर्वाधारहरु भवन, शौचालय, पुस्तकालय, प्रयोगशालाहरुको निर्माण, मर्मत सम्भारका लागी आवश्यक बजेट ब्यवस्था गरिएको छ ।
(४८) मेघा तथा ठूला विद्यालय निर्माणको अवधारणलाई अगाडि वढाउन विद्यालयहरुको साझेदारीमा विद्यालय वस तथा यातायात सेवाका लागी आवश्यक बजेटको ब्यवस्था गरीएको छ ।
(४९) नगर भित्र रहेका सामुदायिक बिद्यालयहरु लाई नमुना बनाउनका लागी पाइलटिङको रुपमा वडामा एक एक वटा तहगत नमुना विद्यालयको बिकास लागी आवश्यक वजेट ब्यवस्था गरिएको छ ।
(५०) आर्थिक सुशासन कायम गर्न लेखासम्वन्धि कामगर्ने विद्यालयका कर्मचारीलाई लेखा तथा ब्यवस्थापन सम्वन्धि तालिमको लागी आवश्यक बजेको ब्यवस्था गरिएको छ ।
(५१) जोखिम, तथा विपतको समय र शिक्षणप्रणाली लाइ समयसापेक्ष सञ्चालन गर्न डिजिटल पूर्वाधार विकास गदै सार्वजनिक शिक्षा लिने सवै वालवालिकाको लागि आवश्यक उपकरण सहित शिक्षकलाई प्रविधिमैत्रि वनाउने नीति लिन एक शिक्षक एक ल्यापटप कार्यक्रम लाई आवश्यक पर्ने रकमको लागी समन्वगरिने छ ।
(५२) तुलसीपुर शिक्षा नीति तथा सेवा आयोग गठन गरि कार्य गर्नका लागि आवश्यक वजेटको व्यवस्था गरिएको छ ।
(५३) टिच फर नेपाल, नीतिशाला, लगाएतका संघ संस्थासँग सहकार्य गरी बृहद विद्यालय सुधार रणनीति तथा गुरु योजना निर्माण गर्न आवश्यक वजेटको व्यवस्था गरिएको छ । साथै नगर स्तरिय सामुदायिक पुस्तकालय निर्माणाका लागी आवश्यक बजेट व्यवस्था गरिएको छ ।
यूवा तथा खेलकुद:

(५४) विश्व विद्यालय, क्याम्पस, कलेज र मेगा विद्यालयमा छात्र–छात्राबास निर्माण र सञ्चालन गनए सार्वजनिक, निजी र सहकारीसँग सहकार्य गर्न आवश्यक वजेटको व्यवस्था गरिएको छ ।
(५५) कोभिड १९ को सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मेयरकप प्रतियोगिता, राष्ट्रपति रनिङ्ग शिल्ड, विद्यालय भित्र अतिरिक्त क्रियाकलाप अन्र्तगतका खेलकुदहरु, वडा स्तरीय प्रतियोगिताहरु सञ्चालनका लागि २० लाख विनियोजन गरिएको छ ।
(५६) एक विद्यालय एक स्वयंसेवी खेल शिक्षक नीति अवलम्बन गर्नका लागि ५ लाख विनियोजन गरिएको छ ।
(५७) प्रदेश सरकारको सहयोगमा निर्माणाधिन अवस्थामा रहको मदन भण्डारी रंगशाला, अरनिको मैदान र गौरीडाँडा खेल मैदान स्तरोन्नति गर्नका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । साथै प्रत्येक वडामा खेल मैदान स्तरोन्नतीलाई निरन्तरता दिन वजेटको व्यवस्था गरिएको छ । साथै बेलझुण्डी रंगशालाको स्तरोन्नती, तुलसीपुर स्पोर्ट सिटी कार्ययोजना कार्यान्यनका लागी राष्ट्रिय खेलकुद परिषद, संघ तथा प्रदेश सरकार सँग सहकार्य गर्न, खेलकुद सँग सम्बन्धित संघ सस्था सँग समन्वय गरि कार्य गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(५८) कम्तीमा एक शैक्षिक संस्था एक सामुदायिक उद्यम कार्यक्रमका लागि ५ लाख विनियोजन गरिएको छ।
(५९) राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कृत भएका खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरताका लागि २ लाख विनियोजन गरिएको छ ।
(६०) युवा लक्षित विभिन्न सिप विकास र आयआर्जनका कार्यक्रम र नमुना युवा संसद कार्यक्रम सञ्चालनका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।

लैंगिक समानता तथा सामाजिक समावेशिकरणः

(६१) लैगिक हिंसामा परेका महिलाहरुको उपचार तथा पुनस्र्थापनाका लागि उपमेयर महिला सुरक्षा आवास कार्यक्रमलाइ निरन्तरता दिन रु ५० लाख विनियोजन गरिएको छ ।
(६२) तुलसीपुरको अभियान, छोरीलाई विशेष सम्मान र सुरक्षा प्रदानका लागि स्मार्ट छोरी बिहेबारी बिस वर्ष पारी कार्यक्रमका लागि रु २० लाख विनियोजन गरिएको छ ।
(६३) श्रमिक र सडक बालबालिकाहरुलाई उचित व्यवस्थापन गरेर तुलसीपुर उपमहानगरपालिकालाई, सडक बालबालिका र सडक मानवमुक्त नगरका रुपमा घोषणा गर्नका लागि रु १० लाख विनियोजन गरिएको छ ।
(६४) बालमैत्री वडा घोषणा र बालमैत्री स्थानीय शासन प्रवद्र्धका लागी रु २५ लाख बजेट विनियोजन गरिएको छ ।
(६५) तुलसीपुर उपमहानगरपालिकालाई अपाङगमैत्री पालिका बनाउन र अपाङता भएका व्यक्तीहरुका लागि निशुल्क सहायक सामाग्रीे उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरिएको छ ।
(६६) हेमोफेलिया अपाङता तथा दिर्घ रोगी अपाङता भएका व्यक्तीहरुका लागि निशुल्क औषधी उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरिएको छ ।
(६७) दृष्टीविहीन सुस्त श्रवणशक्त्ती तथा बौद्धीक अपाङता भएका बालबालिकाहरुका लागि छात्रवृत्ती तथा आवासीय विद्यालयका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
(६८) १ सय वर्ष पुरा गरेका ज्येष्ठ नागरिकको सम्मानका लागि अतिविशिष्ठ जेष्ठ नागरीक सम्मान कार्यक्रमका लागि रु २ लाख बजेट विनियोजन गरिएको छ ।
(६९) ८४ वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मानका लागि आवश्यक कार्यक्रम गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(७०) ६० वर्ष पुगेका सबै ज्येष्ठ नागरिक र अपाङ्गता भएका सबै व्यक्तिहरुलाई परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिइनेछ सोको लागि आवश्यक वजेट बिनियोजन गरिएको छ ।
(७१) कोभिड १९ का कारण प्रभावमा परेका दलित, जनजाति, अल्पसंख्यक र पछाडि पारिएका वर्गहरुका लागि समावेशी सहभागिता तथा आयआर्जनका लागि कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
(७२) बालश्रम मुक्त वडा घोषणा कार्यक्रम र ट्रान्जिट होम सञ्चालनका लागि रु ३ लाख विनियोजन गरिएको छ ।
(७३) बालमैत्री स्थानीय तह निर्माण, बालहित कोष स्थापना, बाल सञ्जाल गठन, बालक्लबको क्षमता अभिवृद्धि, बालविवाह विरुद्धको अभियान सञ्चालनका लागि रु ५ लाख विनियोजन गरिएको छ ।
(७४) आदिवासी, जनजाती, दलित र अल्पसंख्यक समुदायले पुरातनकालदेखि गर्दै आएको पेशालाई आधुनीकीकरण, व्यवसायीकरण र प्रविधि हस्तान्तरण गर्दै उद्यमशिलता विकास गर्ने कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
(७५) उपमहानगरपालिकाको शाखा, महाशाखाबाट सञ्चालन हुने योजना तथा कार्यक्रममा लैँगिक मैत्री बजेट परिक्षणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
(७६) बादी, चमार, कुमाल, कुसुण्डा, गाईने जस्ता अल्पसंख्यक समुदायको जीविकोपार्जन तथा आर्थिक सामाजिक उत्थानका लागी विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

समाज कल्याण

(७६) तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्रका सवै वडा तथा नगर स्तरमा टोल विकास संजाल निर्माण, व्यवस्थापन, क्षमता अभिबृद्धि तथा परिचालन गर्न ५ लाख बजेट विनियोजन गरिएको छ ।
(७८) टोल विकास संस्थालाई सामुदायिक सुरक्षा, दुव्र्यसनी नियन्त्रण, स्वास्थ्य र सरसफाई, उद्यमशिलता विकास, व्यवसायिक कृषि तथा पशुपालन कार्यमा परिचालन गर्न रु. आवश्यक बजेट व्यवस्था गरिएको छ । सबै टोल विकास संस्थाहरुमा टोल सुधार समिति, उद्यमशिलता विकास समिति, महिला हकहित समिति, वाल क्लब, जेष्ठ नागरिक क्लब, युवा क्लब, हरियाली क्लब सञ्चालन गर्न आवश्यक वजेटको व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा तथा पञ्जिकरण

(७९) ज्येष्ठ नागरिक, असक्त, अपांगता भएका व्यक्ति, एकल महिला लगायतका समुदायका लागि सामाजिक सुरक्षा वाफत रु ४० लाख बजेट व्यवस्था गरिएको छ ।
(८०) सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सञ्चालनका लागि संघ सरकारको अनुदानबाट आवश्यक वजेट विनियोजन गरिएको छ ।
(८१) सामाजिक सुरक्षा तथा पञ्जिकरण प्रणालीलाई अनलाईन प्रणालीमा व्यवस्थित गर्न तथा सबै वडाका सचिवहरुलाई पञ्जिकरण तथा सामाजिक सुरक्षा सम्बन्धि सचेनामुलक अभिमुखीकरण गर्दै क्षमता अभिबृद्धि गर्न रु ५ लाख विनीयोजन गरिएको छ ।

भाषा तथा संस्कृतिः

(८२) थारु, मगर, कुसुण्डा जस्ता लोपोन्मुख भाषाको प्रशिक्षण तथा जगेर्न गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(८३) परम्परागत कला, संस्कृतीको संरक्षण र विकासलाई निरन्तरता दिन आवश्यक रकम विनीयोजन गरिएको छ ।
(८४) स्थानीय मौलिक लोपन्मुख बाजा तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन गर्न र बहुसांस्कृतिक महोत्सबका लागि रु १५ लाख विनीयोजन गरिएको छ ।
(८५) प्रत्येक टोललाई विशेष सांस्कृति पहिचान दिलाउने कार्य गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(८६) तुलसीपुर उपमहानगरपालिकाका थारु समुदायमा प्रचलित मतवा प्रथा रहेका गाँउ तथा टोलहरुलाई थारु सांस्कृतिक ग्रामका रुपमा विकास गर्न रु १५ लाख विनियोजन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ मा बौद्ध गुम्बा तथा पार्कको गुरुयोजना अनुसार कार्य गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(८७) तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित दंगिशरण थारु संग्रहालायलाई गुरुयोजना अनुसार संघ तथा प्रदेश सरकारको सहकार्यमा कार्य गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

आर्थिक विकासः

कृषि तथा पशु पंक्षी विकास:

(८८) भूउपयोग नीति निर्माण गर्दै जग्गाको बर्गिकरण गरी कृषी उत्पादनको पकेट क्षेत्र निर्धारणलाई निरन्तरता दिन आवश्यक वजेट विनियोजन गरिएको छ ।
(८९) उन्नत विउ विजन उत्पादनका लागि विउविजन उत्पादन केन्द्रको स्थापनाका गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
(९०) नगर क्षेत्रमा माटो परिक्षण प्रयोगशाला स्थापना गरी माटो अनुकूल खेतीप्रणालीलाई विविधिकरण गरी कृषी उत्पादनको बृद्धि गर्न २० लाख बजेट व्यवस्था गरिएको छ ।
(९१) कृषी उत्पादनको उचित भण्डारण र व्यवस्थापन गर्न संघ, प्रदेश र निजी क्षेत्रको सहकार्यमा कोल्ड स्टोर स्थापनाका लागि आवश्यक रकमा विनियोजन गरिएको छ ।
(९२) बालीमा देखापर्ने रोग किराको प्रकोप नियन्त्रण तथा व्यवस्थापन गर्न बाली संरक्षण सेवालाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(९३) एक वडा–एक कृषी प्राबिधिकको व्यवस्था गरी किसानहरुलाई प्राबिधिक सहयोग प्रदान गर्न आवश्यक वजेट व्यवस्था गरिएको छ ।
(९४) परम्परागत कृषीलाई आधुनिकीकरण, व्यवसायीकरणर बजार उन्मुख बनाउदै कृषी उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न किसानहरुलाई यन्त्र, औजार तथा प्राबिधिक सहयोगलाई निरन्तरता दिन १२ लाख बजेट व्यवस्था गरिएको छ ।
(९५) कृषी उत्पादन वढाउन दक्ष जनशक्ती सेवा (विमा, तालिम, विउविजन) र पूर्वाधारको विकास तथा विस्तार गर्न आवश्यक बजेत व्यवस्था गरिएको छ ।
(९६) बेमौसमी खेतीलाई पबद्र्धन गर्न साथै मकै, तुलसी, बेसार, अदुवा, टिमुर लगाएत मसला खेती, उन्नत घाँस खेतिलाई र बगर खेतीलाई प्रोत्साहन गर्न, कृषि बिद्युत मिटर प्रयोग गरी सिचाई गर्ने कृर्षकहरुलाई फागुन देखि जेष्ठ सम्मको बिद्युत महशुल शत प्रतिशत भुक्तानी गर्न आवश्यक बजट विनियोजन गरिएको छ ।
(९७) संघ तथा प्रदेश सरकारको सहयोगमा कागती, मकै, तोरी खेती, भैसी पालन, तथा माहुरी पकेट क्षेत्रका लागि आवश्य बजेट व्यवस्था गरिएको छ ।
(९८) रैथाने वीउ विजन, स्थानीय पशुपंक्षीको संरक्षण गर्दै वीउ उत्पादन गर्ने कृषि समुह तथा सहकारीलाई अनुदान प्रदान गर्न १६ लाख बजेट व्यवस्था गरिएको छ ।
(९९) कृषि तथा पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन तुलसीपुर मेट्रो कृषि तथा पशुपंक्षि अस्पताल सञ्चालन एवं प्रयोगशाला निर्माण तथा दुर्गम क्षेत्रमा घुम्ति शिविर सञ्चालन गर्न ५० लाख बजेट व्यवस्था गरिएको छ ।
(१००) पशु पंक्षीको नश्लसुधाका लागि कृतिम गर्भाधारण कार्यक्रम प्रभावकारी बनाउन तथा पशु उपचारका लागि आबश्यक औषधिहरु निशुल्करुपमा उपलब्ध गराउन १३ लाख बजेट व्यवस्था गरिएको छ ।
(१०१) बाख्रा, बंगुर, भैंसी स्रोत केन्द्रहरु स्थापना तथा पशुपालनको पकेटक्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न १० लाख बजेट व्यवस्था गरिएको छ ।
(१०२) कृषकले उत्पादन गरेको दुधको बजार व्यवस्थापन हुन नसक्ने अवस्थामा उत्त दुध नगरपालिकाले खरिद गरि बिद्यालयका बालबालिका र बृद्धबृद्धालाई वितरण गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(१०३) व्यवसायीक पशुपालनका लागि भकारो सुधारका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१०४) व्यवसायीक पशु एवंम मत्स्य पालन फर्म÷व्यवसाय आधुनिकीकरणका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।
(१०५) मत्स्य विकासका लागि पोखरी बिस्तार एवं भुरा वितरण लगाएतका कार्यक्रम सञ्चालन गर्न १० लाख बजेट व्यवस्था गरिएको छ ।
(१०६) कृषि तथा पशु एम्बुलेन्स सेवा संचालन गर्न ३० लाख बजेट विनियोजन गरिएको छ ।
(१०७) एक स्वास्थ्य (इलभ ज्भबतिज ऋयलअभउत) कार्यक्रमलाई प्रभाबकारी बनाउदै जुनोटिक रोग नियन्त्रण कार्यक्रमहरु सन्चालन गर्न १ लाख बजेट व्यवस्था गरिएको छ ।
(१०८) पशु आहारा विकास तथा पोषण सुधार कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१०९) महामारीजन्य पशु रोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
(११०) संघ तथा प्रदेश सरकारको समन्वयमा लागत साँझेदारीका आधारमा वंगुर, बाख्रा र साना गाई फर्महरु प्रवद्र्धन गर्ने कार्यक्रमहरु सञ्चालन गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्पmत काम गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।
(१११) सार्वजनिक, निजी तथा सहकारीको सहलगानीमा तुलसीपुर आधुनिक बधशाला निर्माण तथा सञ्चालनका लागी रु ३ करोड रकम व्यवस्था गरिएको छ । तुलसीपुर कृषि तथा मासु बजार निर्माण तथा सञ्चालनका लागी नगर विकास कोषका ऋण तथा अनुदानमा कार्य गर्न आबश्यक बजेट व्यवस्था गरिएको छ ।
(११२) तुलसीपुर उपमहानगरपालिका भित्रका व्यवसायीक किसान, महिला किसान, विश्वविद्यालयमा अध्ययन गरि कृषि पेशा अंगाल्न चाहने युवा, कोभिडका कारण विदेशबाट फर्किएका र कोभिडका कारण ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्य लाई कृषि तथा पशुपंक्षि पालन व्यवसायमा कृषि प्रात्साहित तथा स्थायित्व दिनका लागी बैक, वित्तिय संस्था, लघुवित्त, सहकारी , समुह र टोल विकास संस्था मार्फत शुन्य व्याजदरमा तुलसीपुर स्मार्ट किसान क्रेडिट कार्र्ड उपलब्ध गराउनका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

सहकारी, रोजगार प्रवद्र्धन तथा गरिबी निबारणः

(११३) प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगारी कार्यक्रम, ग्रिन फाउन्डेसन नेपाल लगायतका संघ सस्था सँग समन्वय गरी विपन्न, कोभिड प्रभावित तथा कोभिडका कारणले ज्यान गुमाएका परिवार, युवा र विदेशबाट फर्किएका परिवारका सदस्यलाई कम्तिमा १०० दिनको रोजगारी प्रदान गर्ने र सिप सिक्न चाहनेलाई आवश्यक सिप विकास गरी उद्यमी र स्वरोजगार वनाउन आबश्यक बजेट व्यवस्था गरिएको छ ।
(११४) सुरक्षित आप्रवासन कार्यक्रम (सामि) परियोजनालाई मौजुदा जनशक्तिबाट नै आगामी आ.ब.मा सहयोगी विकास साझेदार संस्थाको समन्वयमा उपमहानगरपालिले सञ्चालन गर्ने र यस कार्यक्रमका लागी थप रु १५ लाख बजेट विनियोजन गरिएको छ ।
(११५) सहकारी सम्बन्धि आवश्यक कानून तथा नीति निर्माण गरि सहकारी संस्थाहरुको क्षमता अभिबृद्धी कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(११६) कोभिड १९ महामारीको कारण रोजगारी गुमाएर वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र स्थानीय बेरोजगार युवाहरुको तथ्यांक संकलन, रोजगार पहिचान र प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालनका लागि रु २० लाख विनियोजन गरिएको छ ।
(११७) संघिय तथा प्रदेश सरकारको समन्वयमा गरिब परिवार पहिचान तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
(११८) साना र समान उद्देश्य भएका मर्जर हुने सहकारीलाई अनुदान प्रदानका साथै एक घर कम्तीमा एक सहकारी सदस्य कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ ।
(११९) एक घर, एक रोजगारको अभियानलाई निरन्तरता दिइनेछ,. खाद्य उत्पादन बृद्धि, सुरक्षित भण्डारण गरी शुन्य भोकमरी अभियानका लागि श्रम र खाद्य बैक मार्फत काम गर्नका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।

उद्योग तथा व्यवसाय प्रवद्र्धन

(१२०) स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्योगको स्तर उन्नतीका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१२१) तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ जिनवागाँउमा संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा तुलसीपुर औद्योगिकग्रामको निर्माण तथा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन अनुसार कार्य अगडाी बढाउनका लागि आवश्यक लाख बजेट विनियोजन गरिएको छ । साथै निजी क्षेत्र, सहकारी र समुहको सहकार्यमा कृषि बन उद्योग ग्रामको सम्भाव्यता अध्ययन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१२२) मेयर युवा उद्यमशिलता र उपमेयर महिला उद्यमशिलता कार्यक्रम सञ्चालन तथा प्रबद्र्धन गर्न १ करोड बजेट विनियोजन गरिएको छ ।
(१२३) तुलसीपुर उपमहानगरपालिका भित्रका सफल उद्यमी सम्मान कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१२४) स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न कोसेली घर व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१२५) स्थानीय लघु उद्यम विकास गर्न विभिन्न कोष, बैंक तथा वित्तिय संस्थाबाट १० लाख सम्म ऋण लिई व्यवसाय सञ्चालन गर्ने साना तथा लघु उद्यमीहरुलाई व्याजमा ५ प्रतिशत अनुदान प्रदान गर्न आवश्यक बजेट विनियोयान गरिएको छ ।

उपभोक्ता हित संरक्षणः

(१२६) सुन्दर नगरको पहिचान, जोखिमयुक्त सडक, स्वस्थ बजारको निर्माण कार्यक्रम सञ्चालन गर्न १० लाख रकम विनियोजन गरिएको छ ।
(१२७) विभिन्न सरोकारवाला निकायहरुसंग समन्वय गरि कालोबजारी नियन्त्रण गर्न आवश्यक रकम बिनियोजन गरिएको छ ।
(१२८) खाद्यबस्तुको नमुना संकलन तथा गुणस्तर परीक्षणका लागि रु १० लाख बिनियोजन गरिएको छ ।

राजश्व परिचालन:

(१२९) राजश्व प्रशासन सुधार, संक्षिप्त तथा प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन गर्न, नदिजन्य पदार्थको अवैध उत्खनन्लाई प्रबिधिमैत्री अनुगमन र नियन्त्रणको लागि रु ६० लाख बिनियोजन गरिएको छ ।
(१३०) करदातालाई डिजिटल प्रर्णालीमा आवद्ध गरी त्गकिष्उगच क्mबचत त्बहउबथभच ऋबचम बितरण र प्रयोगको लागि रु १५ लाख बिनियोजन गरिएको छ ।
(१३१) बढि कर तिर्ने करदाता सम्मान र प्रोत्साहन कार्यक्रमका लागि रु ५० हजार विनियोजन गरिएको छ ।
(१३२) तुलसीपुर उपमहानगरपालिका भित्र लिइने सबै करहरुलाई एउटै प्रणालीमा आवद्ध गर्नका लागि आवश्यक सफ्टवेयर खरीद गर्न रु ६ लाख बजेट विनियोजन गरिएको छ ।
(१३३) राजश्वका श्रोत पहिचान तथा संकलन कार्यलाई मुर्त रुपदिन राजश्व सुधार कार्ययोजना निर्माणका लागि रु १० लाख बिनियोजन गरिएको छ ।
(१३४) कर सप्ताह सञ्चालनका लागी आबश्यक बजेट व्यवस्था गरिएको छ ।

पर्यटन प्रवर्द्धनः

(१३५) तुलसीपुर उपमहानगरपालिकाको पर्यटन गुरुयोजना निर्माण गरी अन्तिम रुप दिन आवश्यक वजेटको व्यवस्था गरिएको छ ।
(१३६) पर्यटकिय क्षेत्र तथा स्थलको छायांकन र अभिलेखिकरण दस्तावेज निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
(१३७) तुलसीपुर उपमहानगरपालिकालाई पर्यटनको हवको रुपमा विकास गर्न घुम्न जाउँ तुलसीपुर अभियानलाई निरतरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१३८) पर्यटन प्रवद्र्धन र उद्यम विकास गर्न होमस्टेको विकासका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
(१३९) तुलसीपुर उपमहानगरपालिकामा पर्यटन प्रबद्र्धन गर्न संघ, प्रदेश सरकारसँग सहकार्य गरि सम्भावित पदमार्गहरुको पहिचान तथा विकास गर्न गर्न आवश्यक वजेट व्यवस्था गरिएको छ ।
(१४०) क्रान्ती संग्रहालय, दंगिशरण थारु संग्रहालय, जनजाति संग्रहालयको गुरुयोजना निर्माण गरी कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१४१) विजौरी छिल्लीकोट केवलकारको सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार विष्तृत परियोजना तयार गरी सार्वजनिक, निजी र सहकारी क्षेत्रसँगको सहकार्यमा निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
(१४२) तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित कमलपोखरीलाई संघ तथा प्रदेश सरकारको सहकार्यमा बहुउद्देशीय पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

भूमी व्यवस्था तथा नाप नक्सा:

(१४३) भूमी समस्या समाधान आयोगसँगको सहकार्यमा भूमीहीन तथा भूमीहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाइ लालपूर्जा वितरण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१४४) यस पालिकाको भूउपयोग योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउन आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१४५) सरकारी सार्वजनिक जग्गाको अभिलेखिकरण तथा संरक्षणका लागि यस पालिका भित्रका जग्गाको जी. आइ. एस. नक्सांकन गर्न तथा डिजिटल अभिलेख तयार पार्न आवश्यक वजेट विनियोजन गरिएको छ ।
(१४६) सुकुम्बासी पहिचान एवम् तथ्यांक संकलनका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
(१४७) नदीजन्य कटान बाढी पहिरो, आगलागी लगाएतका प्राकृतिक र मानविय कारणले भएको क्षतिको लगत संकलन कार्यलाई निरन्तरता दिन आवश्यक वजेट बिनियोजन गरिएको छ ।
(१४८) भूमि करलाइ वैज्ञानिक र प्रभावकारी बनाउनुका साथै राजश्व वृद्धिमा टेवा पु¥याउन बाटोको लगतकट्टा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रकम विनियोजन गरिएको छ ।
(१४९) जी.आई.एस. लगायत अन्य आवश्यक सफ्टवेयर तथा मेसीनरी औजार खरिदका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

वन वातावरण तथा विपद् व्यवस्थापनः
वातावरण तथा जलवायुः

(१५०) जैविक विविधताको संरक्षण, सम्बद्र्धन र विकास (ताल, भूक्ष्य रोकथाम तथा नियन्त्रण, रैथाने वनस्पति र जीवजन्तुको संरक्षण, पानी मुहान संरक्षण लगायतका प्राकृतिक सम्पदाको संरक्षणको लागि रु ९ लाख रकम विनियोजन गरिएको छ ।
(१५१) वनजंगल, वन्यजन्तु, चराचुरुंगी, जलउपयोग, जैविक विविधता र वातावरण संरक्षणका लागि आवश्यक पर्ने रकमलाई निरन्तरता दिइएको छ ।
(१५२) ‘एक सामुदायिक वन, एक वनउद्यान, एक पानी पोखरी’ अभियान सञ्चालन गरी पर्यापर्यटनमा टेवा पु¥याइ जैविक विविधताको संरक्षणका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
(१५३) नगरलाई हरियाली, वातावरणमैत्री र स्वच्छ वनाउनका लागि वर्षदिन भरिमा वृक्षारोपण कार्यक्रम सञ्चालन र क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर अभियान सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१५४) नमुना नर्सरी विकास र सामुदायिक वन सम्बन्धि वन विज्ञानमा स्नात्तकोत्तर गरीरहेका लागि प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१५५) सामुदायिक वन उपभोक्ता समूह र पाविारिक वन उपभोक्ताहरु मध्येका दलित, जनजाति, महिला, सिमान्तकृत वर्ग र कोभिडबाट प्रभावित वर्गको पुनरुत्थान कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१५६) जलवायु परिवर्तन, विश्व तापक्रम वृद्धि रोकथाम, न्युनिकरण तथा अनुकुलन योजना निर्माण र कार्यान्वयन गर्न आवश्यक वजेट विनियोजन गरिएको छ ।
(१५७) नवदुर्गा सामुदायीक बनको ग्रिन पार्कमा पुष्प बाटिका निर्माण गर्न रु १० लाख विनियोजन गरिएको छ ।
(१५८) सामुदायीक बन कार्य योजना परिमार्जन, दिगो बन व्यवस्थापन कार्यक्रम, बन उद्यम कार्यक्रम, हरियाली स्वयमसेवक कार्यक्रमका लागी आबश्यक बजेट व्यवस्था गरिएको छ ।
(१५९) सहरी बन, हरियाली पार्क, सडक तथा नदि खोला किनार हरियाली कार्यक्रमका लागी आबश्यक बजेट व्यवस्था गरिएको छ ।

विपद् व्यवस्थापनः

(१६०) स्थानीय आपतकालीन खोज तथा उद्दार केन्द्र सञ्चालनका लागी आबश्यक बजेट व्यवस्था गरिएको छ ।
(१६१) विपद् पूर्व तयारी, खोज, उद्दार तथा राहत कार्यलाई प्रभावकारी वनाउन आवश्यक सामग्री खरिदका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१६२) कोभिड १९ लगायत अन्य विपद जोखिम न्युनीकरण, उद्दार, राहत, पुर्नस्थापन लगायतको कामका लागि विपद् व्यवस्थापन कोष सञ्चालन गर्न ५ करोड विनियोजन गरिएको छ ।
(१६३) समुदाय, वडा र नगरस्तरमा विपद् नमुना अभ्यास, विपद्को लेखाजोखा, विपद् प्रतिकार्य तालिमका लागि रु १२ लाख विनियोजन गरिएको छ ।
सरसफाई तथा फोहोरमैला व्यवस्थापन
(१६४) नगरको फोहोरलाई मोहोरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न दिर्घकालिन ल्याण्डफिल साइटको व्यवस्था र फोहोरलाई वर्गीकरण तथा व्यवस्थापनका लागि १ करोड २५ लाख विनियोजन गरिएको छ ।
(१६५) बेवारिसे लाश र मरेका चौपायाहरुको तत्काल व्यवस्थापन गर्न रु. ५ लाख विनियोजन गरिएको छ ।
(१६६) अस्थायी ल्याण्डफिल साइटको मर्मत तथा व्यवस्थापनमा आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१६७) आकस्मिक नाला सरसफाई कार्यक्रमको लागि रु. १० लाख विनियोजन गरिएको छ ।
(१६८) तुलसीपुरलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक वजेट व्यवस्था गरिएको छ ।
(१६९) फोहरमैला संकलन केन्द्र र सरसफाई उपकरण खरिद तथा सरसफाई कर्मचारीहरुको बृति विकासका लागी आवश्यक बजेट व्यवस्था गरिएको छ ।

संस्थागत विकास तथा सुशासनः
प्रशासन तथा जनशक्ति विकासः

(१७०) सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कार्यालय अटोमेसन र प्रविधि विकासको लागि रु ५ लाख विनियोजन गरिएको छ ।
(१७१) नगर कार्यपालिका कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ.एन.एम) का लागि रु आवश्यक रकम विनियोजन गरिएको छ ।
(१७२) सुशासन प्रवद्र्धन, कर्मचारी र जनप्रतिनिधिको क्षमता विकासका लागि ८ लाख विनियोजन गरिएको छ ।
(१७३) नगरका लागि महत्वपूर्ण योगदान पु्याउने कर्मचारी, समाजसेवी, राष्ट्रिय ख्याती प्राप्त व्यक्तिलाई तुलसीपुर सिटी मेडल तथा विभुषण प्रदान कार्यक्रमका लागि रु ५ लाख बजेट विनियोजन गरिएको छ ।
(१७४) अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुको लागि न्यूनतम पारिश्रमीक उपलब्ध गराउन आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(१७५) तुलसीपुर जनशक्ति विकास स्रोत केन्द्र स्थापनाका लागि आवश्यक वजेट व्यवस्था गरिएको छ
(१७६) सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउनका साथै कर्मचारीहरुलाई उत्प्ररीत गर्न आन्तरीक प्रर्यटन प्रर्बदन गर्नका लागि १ महिना बराबरको पारिश्रमिक सहितको १० दिने पर्यटन काज उपलब्ध गराउन आवश्क बजेट विनियोजन गरिएको छ ।
(१७७) उपमहानगरपालिकाको चल अचल सम्पत्ति, सार्वजनिक जग्गा, सार्वजनिक सम्पत्ति, सार्वजनिक भवन, पूर्वाधार संरचनाहरुको अध्यावधिक गर्न सम्पत्ती व्यवस्थापन कार्ययोजना बनाई लागु गर्नका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(१७८) कार्यालयमा रहेका अनावश्यक कागजात धुल्याउने तथा कर्मचारीहरुको विवरण डिजिटाइजेसन गर्नका लागि रु ५ लाख वजेट विनियोजन गरिएको छ ।
(१७९) सेवा अवधि बाँकी रहदै अवकाश लिन चाहने स्थायी कर्मचारीहरुका लागि निर्माण भएको कर्मचारी व्यवस्थापन ऐन २०७७ बमोजिम आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

शान्ति तथा सुव्यवस्थाः
(१८०) तुलसीपुर नगर प्रहरी, तुलसीपुर नगर निर्माण व्रिगेड, सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

वित्तिय सुशासनः

(१८१) तुलसीपुर उपमहानगरपालिकालको समग्र वित्तिय सुशासन सुधारका लागि रु. १० लाख विनियोजन गरिएको छ ।
(१८२) आ.ब. २०७७।०७८ मा वित्तिय सुशासन कायम गर्न पालिकाबाट आफ्नै सार्वजनिक खरिद नियमावली, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमाली र खर्च सम्बन्धि कार्य सञ्चालन निर्देशिका निर्माण गरिएकोमा उक्त नियमाली तथा निर्देशिकाहरुलाई कडाईका साथ कार्यान्वयनका लागी आवश्यक बजेट व्यवस्था गरिएको छ ।

आन्तरिक व्यवस्थान तथा खरिद
(१८३) तुलसीपुर उपमहानगरपालिकाका खरिद गुरुयोजना तथा बार्षिक योजना तयार गर्नका लागी आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१८४) तुलसीपुर उपमहानगरपालिकाको सम्पत्ति संरक्षण तथा अद्यावधिक गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(१८५) तुलसीपुर उपमहानगरपालिकाको आन्तरिक व्यवस्थापन चुस्त र दुरुस्त र पारदर्शीका साथै सेवाग्राही मैत्री वनाउन आवश्यक सामग्री खरीद तथा व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

यान्त्रिक व्यवस्थापन
(१८६) नगरकार्यपालिका अन्तर्गतका सबै यान्त्रिक साधनहरुमा जी.पी.एस. ट्रयाकिङ्ग प्रणाली जडान र अद्यावधीक गर्न ५ लाख रकम विनियोजन गरिएको छ ।
(१८७) तुलसीपुर उपमहानगरपालिकामा रहेका यान्त्रिक साधानहरुको मर्मत सम्भारमा प्रभावकारीता ल्याउन अटो वर्कसप स्थापना तथा सञ्चालन गर्न ५० लाख बजेट व्यवस्था गरिएको छ ।
(१८८) इन्धन खरिदका लागि रु. १ करोड ५० लाख विनियोजन गरिएको छ ।
(१८९) यान्त्रीक साधनको विमाको लागि आवश्यक वजेट व्यवस्था गरिएको छ ।

कानुनी मामिला तथा न्यायिक समितिः

(१९०) तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिको न्याय सम्पादनलाई छिटो, छरितो, सरल र प्रभावकारी वनाउन मेलमिलापकर्ताको व्यवस्थापनका लागि रु १० लाख विनियोजन गरिएको छ ।
(१९१) वडा मेलमिलाप केन्द्र स्थापना गरि न्याय प्रणालीलाई सुदृढ बनाउन रु ९ लाख बजेट विनियोजन गरिएको छ ।
(१९२) म्याद तामेलदार, मेलमिलापकर्ता, मनोसामाजिक परामर्शकर्ता, जनप्रतिनिधि, कर्मचारीको न्यायीक क्षमता अभिवृद्धिका लागि रु ५ लाख विनियोजन गरिएको छ ।
(१९३) तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका महिला वडा सदस्यहरुलाई महिला अधिकार तथा कानूनी व्यवस्था सम्बन्धि अभिमुखिकरणका लागि ५ लाख बजेट विनियोजन गरिएको छ ।
(१९४) तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका अति विपन्न महिलाहरुको क्षमता अभिबृद्धि तथा सशक्तिकरणका लागि रु ५ लाख बजेट विनियोजन गरिएको छ ।
(१९५) उपमेयर लैंगिक हिंसा सुरक्षा घर (सेफ हाउस) भवन निर्माण गर्न रु ५० लाख विनियोजन गरिएको छ ।

योजना तर्जुमा, कार्यान्वयन र अनुगमनः

(१९६) स्मार्ट सिटी, महानगर गुरुयोजना (मेगासिटी परियोजना), सघन शहरी विकास कार्यक्रम, स्पोर्ट सिटी कार्ययोजना, दिर्घकालिन रणनीतिक तथा आवधिक योजना, नगर गुरुयोजना, सडक यातायात गुरुयोजना, आर्थिक विकास गुरुयोजना, पर्यटन गुरुयोजना, शिक्षा, बन, कृषि, स्वास्थ्य लगाएतका क्षेत्रगत गुरुयोजनाका आधारमा बहुबर्षिय ठूला परियोजनाहरुको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनीक निजी सहकारी र समुदायको सहकार्यमा कार्य गर्न तथा संघ तथा प्रदेश सरकारको सहलगानी, विशेष लगानी तथा समपुरक तथा समानीकरण अनुदानबाट कार्य गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(१९७) तुलसीपुर उपमहानगरपालिकाको योजना तथा बजेट तर्जुमा र कार्यान्वयन गर्न आवश्यक सफ्टवेयर खरिद गर्न रु ५ लाख बजेट विनियोजन गरिएको छ ।
(१९८) योजनास्थलमै बृहद जनसहभागितामा उपभोक्ता समिति गठन गर्न, सम्झौता गर्न र योजनाको लागत सार्वजनिक गर्दै योजना फरफारक तथा सार्वजनिक सुनुवाई गर्न र उपभोक्ता समितिको परिचालन तथा क्षमता विकासका लागि रु. आवश्यक बजेट विनियोजन गरिएको छ ।
(१९९) मध्यकालिन खर्च संरचना तयार गर्न रु. आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(२००) दिर्घकालिन रणनीति, आबधिक गुरुयोजना र अन्य नीति, योजना निर्माण र अनुगमनलाई प्रभावकारी बनाउन तुलसीपुर नीति तथा ओजना आयोग गठन सञ्चालन सम्बन्धि व्यवस्था गर्न आबश्यक बजेट व्यवस्था गरिएको छ ।
(२०१) आ.ब. २०७७।०७८ मा सम्झौता भई काम सम्पन्न हुन नसकेका बहुबर्षिय आयोजनाहरुलाई निरन्तरता दिदै सो आयोजनाहरुको रकम भुक्तानी गर्न ६० करोड बजेट विनियोजन गरिएको छ । यसरी आ.ब.२०७७।०७८ मा भुत्तानी हुन नसकी दायीत्व सरीजाने रकम भुक्तानी गर्न आन्तरिक ऋण उठाउन आवश्यक नीतिगत र कानुनी ब्यवस्था गरी क्रमश भुक्तानी गर्दै जाने ब्यवस्था गरिएको छ । आ.ब. २०७७÷७८ मा भुत्तानी हुन बाँकी आयोजनाहरुको विवरण अनुसूति ३ मा संलग्न गरिएको छ ।

पूर्वाधार विकासः
भवन, आवास तथा सहरी विकासः
(२०२) नगरको प्रशासनीक भवन, वडा तथा नगरस्तरिय योजना, वडा नं. १३ र १९ को कार्यालय भवन निर्माण, अन्य वडा कार्यालयका भवन मर्मतका लागी वडा तथा नगर स्तरबाट आवश्यक बजेट विनियोजन गरिएको छ ।
(२०३) तुलसीपुर नगरक्षेत्रमा ःभतचष्अ क्तचभभत ब्ममचभककष्लन क्थकतझ लागु गर्न र घर नम्बर राख्ने कार्यका लागि रु ७० लाख विनियोजन गरिएको छ ।
(२०४) कोभिड १९ को महामारीको कारण रोजगारी गुमाएर बिदेशवाट फर्किएका इच्छुक तुलसीपुरबासीलाई रोजगारी सृजना गर्न भुकम्प प्रतिरोधि भवन निर्माणको तालिम दिनका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
(२०५) भवन नक्सा पास प्रक्रियामा विद्युतिय प्रणाली अवलम्बन गरी छिटो छरितो सेवा प्रवाह गर्दै पुराना मिसिलहरुलाई विद्युतिय अभिलेखिकरण गर्ने कार्यको सुरुवातका लागि रु १५ लाख विनियोजन गरिएको छ।
(२०६) बहुबर्षिय दायित्व अन्तरगत राप्ति आँखा अस्पताल भवन निर्माणका लागी ८० लाख ९० हजार, मन्दिर व्यवस्थापन समितिको सहकार्यमा शितलपुरमा शिव मन्दिर भवन निर्माणका लागी रु ९४ लाख ९२ हजार रकम विनियोजन गरिएको छ ।
(२०७) मेयर सुरक्षित आवास कार्यक्रमलाई निरन्तरता दिन खरको छानो विस्थापनका लागि आवश्यक पर्ने रकम विनियोजन गरिएको छ ।
(२०८) मूख्य सडक, चोक, बसपार्क तथा सार्वजनिक स्थलमा रात्रीकालिन समयमा उज्यालो बनाउन तुलसीपुर उज्यालो सहर कार्यक्रमका लागी रु ५० लाख विनियोजन गरिएको छ ।
(२०९) तुलसीपुर उपमहानगरपालिकाका नागरिकलाई पूर्वाधार सम्वन्धि शिक्षा प्रदान गर्न जनतासँग प्राविधिक कार्यक्रमका लागि चाहिने रकम छुटयाइएको छ ।
(२१०) जग्गा एकिकरण सम्बन्धि सम्भाव्यता अध्ययन (ँभबकष्दष्ष्तिथ क्तगमथ)गर्न आवश्यक पर्ने रकम विनियोजन गरिएको छ ।
(२११) एक सय जना भन्दा बढीलाई नियमित रोजागरी श्रृजना गर्ने विद्यालय, होटेल, हस्पिटल, सपिङ मल आदीको भवनको नक्सा पास शुल्कमा विशेष छुट दिन आवश्यक बजेट व्यवस्था गरिएको छ । साथै संस्थागत विद्यालयहरुलाई कोभिडका कारणले परेको असरलाई कम गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

यातायात पूर्वाधारः
(२१२) तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको सडक यातायात गुरुयोजना कार्यान्वयनका लागि तुलसीपुर पूर्बाधार विकास प्राधिकरणका लागी आवश्यक रकम विनियोजन गरिएको छ ।
(२१३) पातुखोला, ग्वारखोला रिभर रुटलाई आधार बनाएर शहरी सडक करिडोरको निर्माणका लागि आवश्यक बजेट रकमको व्यवस्था गरिएको छ ।
(२१४) वातावरणमैत्री सडक निर्माण गरी तुलसीपुरलाई हरित शहरका रुपमा विकास गर्न आवश्यक पर्ने उचित रकम छुटयाइएको छ ।
(२१५) नगरस्तरमा एउटा पूर्वाधार गुणस्तर मापन प्रयोगशाला स्थापना गरिनुका साथै सडकहरुको नक्सांकन र नम्बरिङ (मेट्रिक्स एड्रेसिङ सिष्टम) कार्य गर्नका लागि चाहिने बजेट व्यवस्था गरिएको छ ।
(२१६) उज्यालो शहर, अपाङ्घमैत्री सडक तथा क्बाभ बलम कगकतबष्लबदभि अष्तथ को रुपमा तुलसीपुर उपमहानगरपालिकालाई विकास गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।
(२१७) बहुबर्षिय दायित्व अन्तर्गत वडा नं. ४ चारबाटो चोक, गहते वनहरी खाद्रे हुँदै माथिल्लो हलवार जाने सडक आर.सि.सि. तथा नाला निर्माणका लागी ७० लाख ९० हजार,वडा नं. १५ पहरुवा सडक र धमकापुर–भोजपुर सडक कालोपत्रेका लागी १ करोड, ठाँटीगाउ भमके खोलामा पुल निर्माणका लागी ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
(२१८) संघ, प्रदेश सरकारसंग समन्वय गरी तुलसीपुर चक्रपथ निर्माण तथा तुलसीपुर बजार क्षेत्रमा फुटपाथ निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्था गरिएको छ ।
(२१९) संघ तथा प्रदेश सरकार र संघ संस्था तथा विकास साझेदारसँग सहकार्य गरी सहलगानी, समपुरक र विशेष अनुदानमा कार्यक्रम आयोजना सञ्चालन गर्ने आवश्यक वजेट विनियोजन गरिएको छ ।
(२२०) तुलसीपुर चक्रपथ निर्माणलाई निरन्तरता दिन प्रदेश सरकार मार्फत रु १ कारोड ५० लाख बजेट व्यवस्था गरिएको छ ।
(२२१) श्रीमणी अभय मार्ग, दामोदर मार्ग, मदन आश्रीत मार्ग निर्माणका लागी आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(२२२) सशुल्क स्मार्ट पार्किङ सेवा सञ्चालनका लागी आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(२२३) तुलसीपुर बसपार्क र तुलसीपुर अटोभिलेजको स्तरोन्नती, तारवार तथा बगैचा निर्माणका लागी आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(२२४) सार्वजनिक, निजी, सहकारी र टोल विकास संस्थाका सहलगानीमा बुट ९द्यइइत्० प्रणाली अनुसार तुलसीपुर उपमहानगरपालिकाको स्वामित्वमा र संरक्षणमा रहेका जग्गाहरुमा सहकारी पसल, सपिङ कम्प्लेक्स, पार्क, जस्ता पूर्वाधारहरु निर्माण गरी सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(२२५) सार्वजनिक, निजी र सहकारीको सहलगानीमा तुलसीपुर उपमहानगरपालिकामा नगर यातायात सेवा सञ्चालनका लागी आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(२२६) तुलसीपुर स्थित दाङ एयरपोर्टका स्तरोन्नती, नियमित हवाई सञ्चालन र अन्तराष्ट्रिय स्तरका पाईटल कोर्ष अध्ययन गर्ने गर्न सार्वजनिक, निजी र सहकारीको सहकार्यमा कार्य गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

संचार तथा सुचना प्रविधि र स्मार्ट तुलसीपुरः
(२२७) तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्न पहिलो चरणमा संघिय सरकारको रु. १ अर्ब अनुदानमा विविध कार्यक्रम संचालन गरिने छ ।
(२२८) रेडियो तथा टेलिभिजन कार्यक्रम निर्माण, सञ्चारकर्मीको स्वास्थ्य विमा, लोककल्याणकारी विज्ञापन वितरण, तुलसीपुर मासिक बुलेटिन प्रकाशन र हेलो मेयर टोल फ्रि हटलाइन सञ्चालनका लागि आबश्यक बजेट विनियोज गरिएको छ ।
(२२९) विभिन्न नीति योजना, कार्यक्रम तथ्यांक संकलनका लागि गणना तथा सर्वेक्षण कार्यक्रममा आवश्यक वजेट विनियोजन गरिएको छ ।
(२३०) तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र सञ्चालित कोभिडका कारणले समस्या ग्रस्त संञ्चार गृहहरु (रेडियो, अनलाईन, पत्रपत्रिका, टेलिभिजन) लाई कोभिडका कारण भएको बन्दाबन्दि अवधिको विद्युत महशुलमा अनुदान दिन आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(२३१) सूचना र प्रविधि मैत्री उपमहानगरपालिका वनाउनका लागि विभिन्न मोवाइल एप्लिकेसन्स र सफ्टवेयर खरिदका लागि आवश्यक विनियोजन गरिएको छ ।
(२३२) वडा तथा नगर स्तरिय सार्वजनिक सुनुवाई, नागरिक निगरानी समुह परिचालन र कार्यक्रमका लागि आवश्यक रकम विनियोजन विनियोजन गरिएको छ ।
(२३३) सम्पादकीय, प्रकासकीय, जनशक्ति विकास, लैंगिक समावेशिकरण रणनीति बनाई कार्य गर्ने र आफ्नै भवन निर्माण गर्न योजना पेश गर्ने सञ्चार संस्थालाई विशेष अनुदान र तुलसीपुर मिडिया सेन्टर सञ्चालनका लागी आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(२३४) महिला, दलित तथा जनजाति पत्रकार तथा सञ्चारकर्मीको समयानुकुल क्षमता बृद्धि र लेखन बृद्धिको लागी नेपाल पत्रकार महासंघ दाङ सँगको सहकार्यमा कार्य गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

उर्जा विकासः

(२३५) उज्यालो तुलसीपुरू अभियानलाई सफल पार्न र तुलसीपुरलाई उर्जामा आत्मनिर्भर बनाउन सौर्य उर्जा उत्पादन तथा विस्तारको लागी सार्वजनिक निजी सहकारीको सहकार्यमा कार्य गर्न आवआवश्यक वजेट विनियोजन गरिएको छ ।
(२३६) तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, ३, ४ र १९ का अग्ला स्थानहरुबाट वायु उर्जा उत्पादनका गर्न सम्भाव्यता अध्ययनका लागि आवश्यक वजेटको व्यवस्था गरिएको छ ।
(२३७) बायोग्यास तथा जैविक उर्जा विकास गर्न र नविकरणीय उर्जा उपयोग गर्ने घर परिवारलाई प्रोत्साहन गर्न आवश्यक वजेट विनियोजन गरिएको छ ।

सिचाँई तथा खानेपानीः

(२३८) खेतीयोग्य सबै जमिनमा सिचाई सुविधा विस्तार,पानी भण्डारण क्षमता बृद्धि, डिपवोरिंग, पानीका स्रोत संरक्षण र नगरका साना खोलाहरुमा हार्भेष्टिङ ड्याम निर्माणका लागि २ करोड विनियोजन गरिएको छ ।
(२३९) संघ र प्रदेश सरकारको समन्वयमा ग्वारखोला र पातुखोलामा हाईड्याम निर्माण गरी सिचाई सुविधा बिस्तारका साथै आकाशेपानी संकलन गरी सिचाई पोखरी निर्माण र परम्परागत पोखरीहरुको संरक्षण तथा विस्तारका लागि आवश्यक वजेटको व्यवस्था गरिनेछ ।
(२४०) सुख्खा क्षेत्रमा आकाशे पानी संकलन प्रविधिलाई विकास गर्नका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
(२४१) किसानहरुलाई बाह्रै महिना सिचाइ सेवा उपलब्ध गराउनका लागि सिँचाई मिटर जडान, स्यालो ट्युववेल तथा डिपवोरिङ्गमा सिँचाइ मोटर जडान गरेका किसान तथा व्यावसायिक पशुपालन र माछापालन गर्दै आएका किसानहरुलाई फागुन, चैत, वैशाख, जेठ महिनाका लागि विद्युत महसुलको शत प्रतिशत अनुदान उपलब्ध गराउनका लागि रु २० लाख विनियोजन गरिएको छ ।
(२४२) खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमका लागि १ करोड विनियोजन गरिएको छ ।
(२४३) एक घर एक धारा अभियानलाई अगाडी वढाउनका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।

सुरक्षित वस्ति विकासः
(२४४) जग्गा एकीकरण सहितको बस्ति विकास गर्नका लागी अध्ययन प्रक्रिया सुरु गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(२४५) न्यून आय भएका परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत खरको छानो मुक्त गरेर जस्तापाता वितरणका लागि मेयर सुरक्षित आवास कार्यक्रमका लागि रु २ करोड विनियोजन गरिएको छ
(२४६) नदीजन्य प्रकोप नियन्त्रणका लागि संघ तथा प्रदेश सरकारको समन्वयमा काम गर्नका लागि रु ५० लाख विनियोजन गरिएको छ ।
(२४७) आवश्यक वडामा क्वारेन्टाइनका लागि समेत उपयोग गर्न सकिने गरी बहुउपयोगी हलको निर्माणका लागि बहुवर्षिय योजना अन्तर्गत रु १ करोड विनियोजन गरिएको छ ।
(२४८) विपदको दृष्टिकोणले जोखिमको नक्सांकन गरी अती जोखियुक्त बस्तिलाई स्थानान्तरण गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
(२४९) स्मार्ट सिटि कार्ययोजना अनुसार ल्याण्ड पुलिङ तथा एकीकृत जग्गा विकास आयोजना संघ, प्रदेश, निजी क्षेत्र र सहकारीको सहकार्यमा सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

विविधः
श्रीमणी अभय मार्ग निर्माणका लागी रु ५० लाख, तुलसीपुर मेट्रो अस्पताल निर्माणका लागी रु ९९ लाख ९९ हजार, तुलसीपुर मेट्रो अस्पताल मार्ग कालोपत्रेका लागी रु ५० लाख, भमके हेल्थपोष्ट देखि मनकामना मन्दिर जाने बाटो कालोपत्रेका लागी रु ५० लाख, मदन भण्डारी रंगशाला निर्माणका लागी रु ५० लाख, पातुखोला व्यवस्थापन कार्यका लागी रु ७० लाख, पातुखोला पुल, जन सक्रिय मार्ग, टिकरी राईखल्यान पुल निर्माणका लागी रु १ करोड ५० लाख, तुलसीपुर चक्रपथ स्तरोन्नतीका लागी रु १ करोड ७० लाख, तुलसीपुर शवदाह स्थल निर्माणका लागी रु ७० लाख, तुलसीपुर उपमहानगरपालिकाको सभाहल निर्माणका लागी रु १ करोड, नेपाल संस्कृत विश्वविद्यालयमा २ वटा सभागृह निर्माणका लागी ६ करोड १० लाख, अटोभिलेज स्तरोन्नतीका लागी रु २० लाख, तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) निर्माणका लागि रु ८ करोड ३० लाख, दामोदर मार्गका लागी ४ करोड ५० लाख, विजौरी हाडिमे देखि छिल्लीकोट सडकका लागी रु ५ करोड, पर्सेनी बम्नै बनहरी हुँदै चमेरे गुफा सम्म पर्यटकीय मार्ग स्तरोन्नतीका लागी रु २ करोड ५० लाख, हेमराज मार्गका लागी ४५ लाख, मनिकापुर कुलो सिचांइ आयोजनाका लागी १ करोड ३० लाख, अस्वारा सामुदायिक बन हरियाली पार्क निर्माणका लागी रु १५ लाख, राप्ति शान्ति पार्कमा मिनि जु व्यवस्थापन र सामुदायिक बन हाइटेक नर्सरीका लागी रु १० लाख बजेट लुम्बिनी प्रदेश सरकारको अनुदानमा सञ्चालन गर्न व्यवस्थाका गरिएको छ ।

(२५०) तुलसीपुर बहुउद्देशिय भवन (तुलसीपुर ट्रेड टावर) नगर विकास कोषको ऋण तथा उपमहानगरपालिकाको ंयुक्त लगानीमा निर्माण गरी सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

(२५१) नेपाल नगरपालिका संघ, सामुदायिक बन उपभोक्ता महासंघ नेपाल, पारिवारिक नीजी बन संघ, नेपाल पत्रकार महासंघ, नेपाल आदीबासी जनजाती महासंघको संस्थागत विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

(२५२) नगर विकास कोष, युएनसिडिएफ, तयार नेपाल, नेपाल रेडक्रस सोसाईटी, साझेदारी कार्यक्रम, युनिसेफ, जिआइजेड, हेफर ईन्टरनेशनल नेपाल, युएसआइडी, डिएफआइडि, सुरक्षित आप्रवासन कार्यक्रम (सामी), बेस नेपाल, ग्रिन फाउन्डेसन नेपाल, सामुदायिक बन उपभोक्ता महासंघ नेपाल, नीतिशाला लगायतका संघ संस्थाहरुको साँझेदारीमा सञ्चालन गरिने कार्यक्रमहरुमा सहकार्य गर्नका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

नगरसभा अध्यक्षज्यू, सभासद्ज्यूहरु,

माथि उल्लेखित वजेट र कार्यक्रमहरुको अतिरिक्त आन्तरिक आय, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँड रकम, आन्तरिक ऋण समेतको विष्तुत विवरण यसै साथ संलग्न गरिएको छ । संलग्न आय, व्यय र योजनाको विवरणहरुलाई आर्थिक ऐन र विनियोजन विधेयकको अंगका रुपमा समावेश गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सामाजिक सांस्कृतिक लगाएत विविध क्षेत्रमा सहयोग गर्नुहुने विकास साझेदार संघ संस्था, प्रदेश सरकार, जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र, पत्रकार तथा आमसञ्चार क्षेत्र, सम्पूर्ण कर्मचारी तथा नगरवासी दाजुभाई, दिदीवहिनीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।

अन्तमा ‘समृद्ध तुलसीपुर: सबैका लागि, सँधैका लागि’ भन्ने मुल अधियानमा यहाँहरु सवैको सहयोग र सहकार्यको अपेक्षा गर्दै आर्थिक बर्ष २०७८/०७९ को वजेट मन्तव्य यही अन्त्य गर्दछु ।

धन्यवाद

माया शर्मा आचार्य
उप प्रमुख

प्रतिक्रिया
सम्बन्धित