बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

भरतपुर महानगरपालिकाको ४ अर्ब ८१ करोडको बजेट प्रस्तुत

दैनिक नेपाल २०७८ असार १० गते १५:५१

काठमाडौँ, १० असार । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गरेको छ ।

नवौँ नगरसभामार्फत उपप्रमुख पार्वती शाह ठकुरीले बिहीबार अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।

बजेटमा आन्तरिक आयबाट १ अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत), अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्व ७७ करोड २९ लाख ८३ हजार,केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट रु ३० करोड, बैंक मौज्दातबाट १ अर्ब,मर्मत सम्भार कोषबाट रु ३ करोड,सडक बोर्डबाट रु ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट रु ३ करोड रहने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित