शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ महानगरपालिकाद्वारा १८ अर्ब ९५ करोड ७७ लाखकाे बजेट प्रस्तुत

दैनिक नेपाल २०७८ असार १० गते १४:०४

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गरेको छ ।

‘सांस्कृतिक शहर, काठमाडौँ महानगर’ भन्ने नारासहित नवौँ अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले रू. १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेकी छन् ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट प्रस्तुत गरेको उपप्रमुख खड्गीले जानकारी दिइन् ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित