१५ कार्तिक २०८३, आइतबार

युट्युबमा भाइरल सन्तोषीले बलात्कारको प्रतिकार गर्दा घाँटी थिचेर हत्या, आरोपित सार्वजनिक

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । युट्युवमा भाइरल महिला सन्तोषी सुब्बाको काठमाडौँको दक्षिणकालीमा हत्या आरोपित सुरेश तिमल्सिनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिहीबार महानगरीय अपराध महाशाखाले आरोपितलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेशले सन्तोषीको हत्या गरेको खुलेपछि असनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

असार ६ गते दक्षिणकालीमा सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएकी थिइन् । खाने र बस्ने व्यवस्था मिलाइदिन्छु भन्दै तिमल्सिनाले बलात्कार प्रयास गरेको प्रहरीले बताएको छ ।

तिमल्सिनाले सन्तोषीमाथि जबरजस्ती करणी गर्न खोजेको र त्यही क्रममा प्रतिकार गर्दा घाँटी थिचेर हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

त्यस्तै, हत्या पश्चात पनि ढुंगाले अनुहारमा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।

यस घटनामा वुधबार प्रहरीले शव पहिचान गरेको थियो भने २४ घण्टाभित्रै आरोपितलाई पक्राउ गरेर सार्वजनिक गरिएको हो ।