१५ कार्तिक २०८३, आइतबार

अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको अभियोगमा ६ जना पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कास्की, ९ असार । पोखरा महानगरपालिका–२५ हेम्जास्थित सेती नदी सहस्त्र घाटमा अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको अभियोगमा पोखरा महानगरपालिका–१ सिम्पानी बस्ने ३९ वर्षीय सानुभाई मगर लगायत ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त नदीमा उत्खनन गरिरहेको भन्ने सूचना प्राप्‍त हुनासाथ अस्थाई प्रहरी पोष्ट हेम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई ढुङ्गा, गिट्टी र बालुवा भरिएको ६ वटा टिपरसहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।