१५ कार्तिक २०८३, आइतबार

आन्तरिक राजस्वका पूर्वमहानिर्देशक शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख विगो दावीसहित मुद्दा दायर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध आयोगले वुधबार एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहित को भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

एक विज्ञप्तिमार्फत उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

आयोगले लुम्बध्वज महत तथा सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ वक्यौता कर छुट दिएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।