१५ कार्तिक २०८३, आइतबार

पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

रोल्पा, ९ असार । पहिरोले घर बगाउँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको हो ।

गएराति अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर, १८ बर्षीया बुहारी सुशीला बुढा मगर र १५ बर्षीया छोरी श्यामकला बुढामगरको मृत्यु भएको हो ।

६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने बाँच्न सफल भएको प्रहरी निरीक्षक रानाले बताए ।