शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा महासंघलाई अक्सिजन ग्यास सिलिन्डर वितरण

दैनिक नेपाल २०७८ असार ८ गते १९:३७

काठमाडौँ, ८ असार । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले नेपाल पत्रकार महासंघ उदयपुर शाखालाई अक्सिजन ग्यास सिलिन्डर वितरण गरेको छ ।

समाजका पदाधिकारीहरुको सक्रियतामा आइसोलेशन सेन्टरमा सिलिन्डर वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ उदयपुर शाखाको भवनमा ४ शैयाको आइसुलेशन सेन्टर संचालनमा रहेको छ ।

महासंघलाई अन्तर्राष्ट्रिय नेपाली समाजका ४० लिटरको अक्सिजन सिलिन्डर, केहि स्यानिटाइजर र मास्क वितरण गरिएको हो । समाजका केन्द्रीय उपाध्यक्ष झलक बुढाथोकी तथा महिला समिति उपाध्यक्ष नजबुल खान (निलम) को सकृयतामा आर्थिक संकलन गरी सहयोग गरिएको हो ।

अन्तर्राष्ट्रिय नेपाली समाज राष्ट्रिय समिति मलेसिया, उदयपुरका माथवरशिंह राउत अमेरिकाबाट, शन्देश बुढाथोकी कोरियाबाट, दुर्गा राई पोर्चुगलबाट, रुपा राई, गणेश खत्री (दिपक) बाट भएको सहयोगले महासंघलाई ति सामाग्री उपलब्ध गराइएको हो ।

प्रतिक्रिया
सम्बन्धित