१५ कार्तिक २०८३, आइतबार

सर्वोच्चले ६५ वर्ष माथिका नागरिकलाई दोस्रो डोज खोप लगाउन दियो अन्तरिम आदेश

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । सर्वोच्च अदालतले ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोपको दोस्रो डोज लगाउन सरकारलाई अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले यस्तो आदेश जारी गरेका हुन् । सरकारले ६५ वर्ष माथिका नागरिकलाई फागुन २३ गते पहिलो डोज खोप उपलब्ध गरेको थियो । दोस्रो डोज खोप लगाउन नपाएपछि सर्वोच्चमा रिट परेको थियो ।