शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एनआईसी एशिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै आवेदन दिन सकिने

दैनिक नेपाल २०७८ असार ७ गते ७:४५

काठमाडौं, ७ असार । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ ।

यस सुविधामार्फत ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आईसर्भे डिजिटल प्लेटफर्ममार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहक महानुभावहरूलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाईनमार्फत यस प्रकारको सुविधा ल्याएको हो ।

प्रतिक्रिया
सम्बन्धित