बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार

दैनिक नेपाल २०७८ असार ६ गते २१:४८

सांकेतिक तस्वीर

हुम्ला, ६ असार । हुम्लाको सिमकोट गाउँपालिका– ६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ ।

सत्ताईस वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रसव व्यथा लागेको भए पनि प्रतिकूल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्य भएको थियो ।

आज मौसममा सुधार आएपछि उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए । –रासस

प्रतिक्रिया
सम्बन्धित