बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

जातीय विभेद गर्दै कोठा नदिने घरबेटीमाथि अनुसन्धान सुरु

दैनिक नेपाल २०७८ असार ६ गते २१:२८

सांकेतिक तस्वीर

काठमाडौँ, ६ असार । दलित भएकै कारण कोठा नदिने घरधनीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेर मुद्दा चलाएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेकी थिइन् ।

प्रहरीले आइतबार पक्राउ गरेर उनीमाथि जातीय विभेद र छुवाछुतविरुद्धको कसुरमा अनुसन्धान सुरु गरेको छ । जिल्ला अदालत काठमाडौँले ३ दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित