१५ कार्तिक २०८३, आइतबार

पूर्वाधार विकास समितिको योजना अनुगमन सम्पन्न

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विवि श्रेष्ठ

तनहुँ, ६ असार । स्थानिय पूर्वाधार विकास समिती तनहुँ क्षेत्र नं २ को योजना अनुगमन सम्पन्न भएको छ ।

आर्थिक वर्ष ०७७ ०७८ मा विनियोजन भएको सासंद विकास कोष अथवा स्थानिय पुर्वाधार विकास योजनाको अनुगमन गरिएको हो ।

माननिय सासंद केदार सिग्देलको प्रतिनिधी राजेश्वर ढकालले तनहुँको क्षेत्र नं २ मा भएको वजेट विनियोजन र कामको वारेमा निरिक्षण तथा अनुगमन गरेका हुन् ।

गत आर्थिक वर्षमा विनियोजन भएको काम अन्र्तगत रिसिङ्ग गाँउपालिकाको शिव सरास्वती माविको भवन निर्माण, भिर्कोटमा रहेको सिसेरा खानेपानी योजना, गोठादीमा रहेको श्रृङ्ग मावीको भवनको तला थप, सोही ठाँउमा रहेको युवा समूहको भवन निर्माण को निरीक्षण गरेका हुन् ।

यसैगरि भीमाद नगरपालिका वडा नं ३ मा रहेको लोकतान्त्रिक मोटरमार्ग, म्याग्दे गाँउपालिकामा रहेको पक्की कालोपत्रे मार्ग पनि अनुगमन गरेका हुन् ।

विनियोजित वजेटको कार्य योजना, प्रगती सन्तोषजनक रहेको सोही अवसरमा उनले बताए । काम सम्पन्न हुन वाकी रहेका योजनामा तत्काल कार्य सम्पन्न गर्न समेत उनले निर्देशन दिए ।

वजेट छुट्टयाउने तर समयमा काम नहुने हुँदा बजेट फ्रिज हुने हुँदा अनुगमन गरेर काम सक्नका लागि अनुरोध गरिएको प्रतिनिधी राजेश्वर ढकालले बताए ।

निर्वाचन क्षेत्र अन्र्तगत भएको योजनाको नब्बे प्रतिशत कार्य सम्पन्न भईसकेको र असार मसान्त भित्र बाँकी योजना समेत सम्पन्न हुने उनले विश्वास गरे ।

सो अवसरमा नेकपा एमाले तनहुँका सचिवालय सदस्य हरिराज कँडेल, स्थानिय जनप्रतिनिधी तथा सरोकार वाला पक्षहरुको सहभागिता रहेको थियो ।