शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एनएमबि बैंकद्वारा हेलिकप्टर चार्टर गरेर मनाङको बाढी प्रभावितलाई राहत वितरण

दैनिक नेपाल २०७८ असार ६ गते २०:०७

काठमाडौँ, ६ असार । मनाङ जिल्लाका बाढी प्रभावितलाई एनएमबि बैंकद्वारा राहत वितरण गरिएको छ । राहतमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरिएको थियो ।

एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे ग“ाउपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा उपर्यूक्त गुणस्तरीय सामग्रीहरु वितरण भएको थियो ।

अचानक मौषम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाँधमा रहेका तीन जना नावालकसहित गरि ५ जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्घार स्वरुप उपचारका लागी काठमाडौँ पठाएको थियोे ।

उद्धार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्घराम गुरुङ्ग, वर्ष ९ का जोह्न गुरुङ्ग, वर्ष ७ की आरध्या गुरुङ्ग, वर्ष ८ की जेनिप गुरुङ्ग र वर्ष २७ की लक्ष्मी गुरुङ्ग रहेका छन् ।

विगत केही दिन यता लगातारको भारी वर्षा पछिको पहिरोले मनाङका अधिकांश नदिहरु थुनिएका छन जसले गर्दा उक्त स्थानका सयौ मानिसहरु घरवारविहीन भएका छन ।

हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९०० घरधुरीहरु आफ्नाे बसोवास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । बाढीले सडक, पुल लगायतका सार्वजनिक संरचनाहरुमा पनि निकै क्षति पुर्याएको छ ।

चामे ग“ाउपालिका का वडा नं. ४ र ५ जोडने स्थानमा मस्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ । निरन्तर वर्षाको कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित