बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

उपत्यकामा बारका आधारमा पसल खोल्न पाइने, कुन बार कुन पसल ?

दैनिक नेपाल २०७८ असार ६ गते १८:५३

काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यकामा थप ७ दिन निषेधाज्ञा बढाउने निर्णय गरिएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको आइतनबार बसेको बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

तर अबको निषेधाज्ञामा भने सवारी साधनलाई पनि जोर बिजोर प्रणाली लागू गरेर चल्न दिइने निर्णय गरिएको छ ।

त्यस्तै, बार तोकेर पसल खोल्न दिने पनि निर्णय भएको छ ।

जसअनुसार आइतबार, मंगलबार र बिहिबार सुन पसल, भाँडा भान्सा, विद्युतिय सामग्री, अटोमोबाइल शो रुम, मोटस पार्टस र इलेक्टोनिक्स सामग्री र कम्युटर पसल खोल्न पाइन्छ ।

त्यस्तै, सोमबार र वुधवार डिपार्टमेन्टल स्टोर, सपिङ मल र खेलकुद सामग्री पसल खोल्न दिने निर्णय गरिएको छ ।

नयाँ निर्णयअनुसार खुल्ने दिइने पसलहरु भने विहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म खोल्ने दिने निर्णय भएको बताइएको छ ।

यद्यपि किराना, खाद्यान्न र स्टेशनरी पसलको हकमा भने पुरानै निर्णय कायम हुनेछ ।

जसअनुसार ति पसलहरु भने जेठ ३० गतेको निर्णयअनुसार बिहान ११ बजेसम्म खोल्न दिइनेछ ।

प्रतिक्रिया
सम्बन्धित