शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

थप ३ हजार ६५६ जनाले जिते कोरोना

दैनिक नेपाल २०७८ असार ६ गते १७:४५


काठमाडौँ, ६ असार । पछिल्लो २४ घण्टामा थप ३ हजार ६५६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ५३ हजार ३४२ जना पुगेको छ ।

गत २४ घण्टामा थप २ हजार ४४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार १० पीसीआर र ४ हजार ६८६ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४४२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६३५ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ जना रहेको छ ।

२४ घण्टामा थप ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ६७५ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित