बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

एकै दिन नेप्से परिसूचकमा ६३.२८ अंकको गिरावट

दैनिक नेपाल २०७८ असार ६ गते १६:४२

काठमाडौँ, ६ असार । आइतबार नेप्से परिसूचकमा एकै दिन ६३.२८ अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका (नेप्से) का अनुसार साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा अधिकतम ६३.२८ अंंकको गिरावट आई २९०५.१४ विन्दुमा झरेको हो ।

त्यस्तै ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.६१ अंकले घटेर ५२८.५१ विन्दुमा झरेको छ ।

त्यस्तै, कुल २३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर १ लाख २८ हजार २८१ पटक किनबेच हुँदा अधिकतम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, आज सबै समूह ऋणत्मक बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित