बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कामना सेवा विकास बैंकको १२५ औँ शाखा ललितपुरको नख्खु दोबाटोमा

दैनिक नेपाल २०७८ असार ६ गते १५:४७

काठमाडौँ, ६ असार । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा यही असार ६ गते आफ्नो १२५ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स (भच्र्यूृवल) माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरेका थिए ।

उक्त उद्घाटन कार्यक्रममा सम्पूर्ण सञ्चालकहरुको भच्र्युवल उपस्थिति रहेको थियो । यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

यससँगै अब बैंकले १२५ शाखा, १ विस्तारित काउन्टर तथा ६६ वटा एटीएममार्फत ग्राहक महानुभावहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित