शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोनाबाट मृत्यु हुनेको संख्या बढेपछि ब्राजिलले दोस्रो स्थान ओगट्यो

दैनिक नेपाल २०७८ असार ६ गते १०:२८

ब्राजिल, ६ असार । ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४७ जानको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको हो । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा ब्राजिल दोस्रो देश हो ।

अमेरिकामा ६ लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ । खोप कार्यक्रम ढिला भएमा र प्रतिबन्धहरू नलगाइएमा जाडोयामको सुरुवातमा ब्राजिलको अवस्था थप सङ्कटपूर्ण हुने विज्ञहरूले चेतावनी दिएका बीबीसीले जनाएको छ । ब्राजिलमा बढीमा १५ प्रतिशत वयस्कहरूले मात्र खोप लगाएका छन् ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले प्रतिबन्धहरूमा कडाइ गर्न अस्वीकार गर्दै आएका छन् । विपक्षीहरूले राष्ट्रपतिले महामारी नियन्त्रणका लागि पहल नगरेको, खोप खरिदमा बेवास्ता गरेको जस्ता कारणले महामारी झनै गम्भीर बन्दै गरेको आरोप लगाएका छन् । ब्राजिलमा अहिलेसम्म एक करोड ७८ लाख ८३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ३८ लाख ७४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने सात हजार ६ सय ७८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित