
काठमाडौं, ५ असार । सिन्धुपाल्चोकमा बाढीका कारण विस्थापित हुन पुगेका जिल्लावासीका लागि हिन्दू स्वयंसेवक संघ नेपालले राहत समाग्री पठाएको छ ।
विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाडौं समर्पणले संयुक्त रुपमा राहत टोलीले शनिबार मेलम्चीका बाढिपीडितलाई सहयोग एवं राहत सामग्रीहरु उपलब्ध गराएको हो ।
राहत सामग्रीमा कम्बल, त्रिपाल, ग्यास चुल्हो, चामल–दाल–तेलसहित खाद्यान्न, थर्मश, थाली, गिलास आदि १००/१०० थान पठाइएको छ ।















प्रतिक्रिया