७ कार्तिक २०८३, शनिबार

अविरल वर्षाका कारण मनाङमा मर्स्याङ्दी नदी थुनियो, चामेबजार उच्च जोखिममा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ, ५ असार । करिब एक सातादेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको छ ।

चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाब बढेको छ । यसबाट चामेपारीको भाग डुबानमा परेको छ भने सिंगो चामेबजार उच्च जोखिममा परेको छ ।

नेपाली सेनामार्फत बम विष्फोट गराइ मर्स्याङ्दी खुलाउने तयारी भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको बताइएको छ ।