बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

राष्ट्रिय वाणिज्य बैंकद्वारा कर्जाको किस्ता या ब्याज भुक्तानीमा १० प्रतिशत छुट

दैनिक नेपाल २०७८ असार ५ गते ९:२९

काठमाडौं, ५ असार । राष्ट्रिय वाणिज्य बैंकले कर्जाको किस्ता या ब्याज भुक्तानी बुझाउनेहरूका लागि १० प्रतिशत छुट गर्ने भएको छ ।

बैंकले विज्ञप्तिमार्फत कोरोना सङ्क्रमणका कारण प्रभावित भएको उद्योग एवम् व्यवसाय निरन्तरता एवम् पुनरुत्थानका लागि १० प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको कतिपय ऋणीको व्यावसायिक कारोबार बन्द भएकाले यो महिनाभित्र कर्जाको किस्ता र ब्याज बुझाउनेहरूलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको हो ।

सहुलियतबारे जान्नका लागि सम्बन्धित शाखा कार्यालयमा बुझ्न समेत राष्ट्रिय वाणिज्य बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित