१५ कार्तिक २०८३, आइतबार

बाघको आक्रमणबाट दुई घाइते, प्रतिकारमा बाघको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

कास्की, ४ असार । कास्कीमा बाघको आक्रमणबाट आज दुई जना घाइते भएका छन् ।

जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मिलन गुरुङ बाघको आक्रमबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यसैगरी स्थानीयवासीले देखेर बाघको प्रतिकार गर्ने क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन गुरुङसमेत टाउकामा चोट लागेर घाइते भएको र दुवैको भिरचोक स्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीको प्रतिकारका क्रममा बाघको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस